• निर्वाचन समाचार
advertisement

म्याग्दीको प्रदेशसभा क्षेत्र ख मा नरदेवी विजयी

गोपाल छन्त्याल | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ४ म्याग्दी


बेनी : म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) को मतगणना सकिएको छ। धौलागिरी, मालीका र मंगला गाउँपालिका समावेश भएको क्षेत्र ख मा एमालेकी नरदेवी पुन विजयी भएकी छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँकी छ।

जानकारी अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुनले दुई हजार ८ सय ७१ मत अन्तरले कांग्रेसका अमलाल फगामीलाई पराजित गरेकी हुन्। एमालेकी पुनले १० हजार ८ सय ७१ र कांग्रेसका फगामीले सात हजार ९ नौ सय ९० मत प्राप्त गरेका छन्।

दोस्रो संविधानसभामा समानुपातीक सांसद बनेकी ४७ वर्षीया पुन एमाले अध्यक्ष प्रधानमन्त्री हुँदा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी थिइन्। समाजशास्त्री र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेकी पुन २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीका गोविन्द पौडेल र २०५६ को संसदीय चुनावमा कांग्रेसका नारायणसिङ पुनसंँग पराजित भएकी थिइन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार