• निर्वाचन समाचार
advertisement

पर्वतमा दुई बजेदेखि मतगणना सुरु हुने

माया अधिकारी | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ४ पर्वत


कुश्मा : पर्वतमा प्रदेशभा र प्रतिनिधिसभा सदस्यको मतगणना दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । बिहिबार राती अबेरमात्रै जिल्लाभरका मतपेटिका संकलन भएको र अहिले सर्वदलिय बैठक बसेपछि दिउँसो २ बजेदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

बिहिबार राती दुई बजे मात्रै जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाका सबै मतपेटीकाहरु सदरमुकाम आइपुगेका थिए । प्रतिनिधी तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पर्वतमा ६५ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका कुल १ लाख ७ हजार तीन सय मध्ये ६९ हजार ८ सय ५३ जनाले मतदान गरेका हुन् । जसमध्ये  ३१ हजार २५ पुरुष रहेका छन् भने ३८ हजार ८ सय २८ महिलाले मतदानमा सहभागिता जनाएका हुन् । ३७ हजार चार सय ४७ जना मतदाता भने मतदान प्रक्रियामा सहभागी नभएको पाइएको छ । 

मतदानको परिणामअनुसार पर्वत क मा ६६ दशमलव १९ प्रतिशत र ख मा ६२ दशमलव ९ प्रतिशत मत खसेको छ । जसअनुसार क मा ५८ हजार ८ सय २१ मतदाता मध्ये ३९ हजार ३ सय ६१ ले मतदान गरेका छन् भने ख मा ४८ हजार ४ सय ७९ मतदाता मध्ये ३० हजार ४ सय ९२ मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाएका छन् । 
–––
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार