
गाईघाट : उदयपुरमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । बिहान ८ बजे बसेको सर्वदलीय बैठकले १ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको उदयपुरमा मतगणनाका लागि त्रियुगा माध्यमिक विद्यालय गाईघाटको ६ वटा कोठामा व्यवस्था मिलाइएको छ । शुक्रबार बिहान ४ बजेसम्ममा जिल्लाका ९८ मतदान स्थलका २ सय ३३ मतदान स्थलबाट मतपेटिका ल्याउने कार्य सकिएकाले दिउँसो २ बजेबाट गणना कार्य सुरु गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जानकारी दिए ।
उनकाअनुसार गणनालाई पारदर्सी र व्यवस्थित गर्न ६ वटै कोठामा सिसी क्यामेरा जडान गरिएको छ । त्यसैगरी सबै कोठामा तारजाली लगाइएको छ । मतपत्र सुरक्षित गर्न दलहरुलाई तारघेरामा राखि गणना गरिने छ । सापकोटाकाअनुसार प्रतिनिधि र प्रदेशसभाको एकैपटक अलग अलग कोठाबाट गणना गरिने छ । प्रत्यक्षतर्फका सकिएपछि समानुपातिक गणना गरिने जनाइएको छ ।
निर्वाचन आयोगले दिएको ५ दिनको समयसिमाभित्र रहि ४ दिनभित्र गणना कार्य सकिने गरी तयारी गरिएको प्रमुख निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए ।
यता स्थानीय प्रशासनले मतगणना कार्यलाई शान्त र भयरहित वातावरणबाट सञ्चालन गर्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रमुख जिल्ला अधिकार प्रदिपराज कँडेलले शान्तिपूर्ण वातावरणमा गणना सकिने जानकारी दिए ।
बिहिबार सम्पन्न निर्वाचनमा उदयपुरमा ६१ प्रतिशत मत खसेको थियो । १ लाख ९३ हजार ९ सय १८ मतदाता रहेको जिल्लामा १ लाख १७ हजार ४ सय ४० मत खसेको थियो । निर्वाचनमा ६२ हजार २ सय ५३ जना महिला र ५५ हजार १ सय ८६ पुृरुष र अन्य १ जनाले मतदान गरेका थिए । स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने ४ हजार ३ सय ५१ मत कम झरेको छ । १ लाख ७६ हजार ४ सय ६९ मत रहेको स्थानीय तह निर्वाचनमा १ लाख २१ हजार ७ सय ९१ मत खसेको थियो ।
आयोगले स्थानीय तह निर्वाचन लगत्तै मतदाता नामावली संकलन अभियान सुरु गरेपछि जिल्लामा १७ हजार ४ सय ४९ मत बढेको थियो । स्थानीय तहमा ७० प्रतिशत मत खसेको थियो । जुन अहिलेभन्दा ९ प्रतिशतले बढि हो । जिल्ला सुरक्षा समितिले जिल्लाका १५ वटा बुथ अति सम्बेदनशिल ५३ वटा सम्बेदनशिल र ३० वटा सामान्य मानी त्यहीँ ढंगको सुरक्षा व्यवस्था मिलाई निर्वाचन गराएको थियो ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार

दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी
टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

पर्वत समानुपातिकमा एमाले पहिलो दल
पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु
आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...