• निर्वाचन समाचार
advertisement

काठमाडौं मतगणना पाँच स्थानमा

अन्नपूर्ण | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ३ काठमाण्डौ


अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर ९ र १० को मतगणना गर्दै कर्मचारी । तस्बिर : सरोज बैजु

काठमाडौं : पाँच स्थानमा काठाडौंका १० निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। राष्ट्रिय सभागृहमा १, २, ३, ४ क्षेत्रको मतणना भइराखेको छ भने सहकारी विभाग नयाँ बानेश्वरमा ५ र ७ को गणना सुरु भएको छ। 

त्यसैगरी जिल्ला समन्वयस समितिको कार्यालय बबरमहलमा क्षेत्र नम्बर ६ र  वन परिसर बबरमहलमै क्षेत्र नम्बर ८ को मतगणना सुरु भएको हो। अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भने काठमाडौं ९ र १० को मतगणना सुरु भएको छ। 

काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र वाम गठबन्धनका अनिल शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ। 
काठमाडौं २ मा वाम गठबन्धनका माधवकुमार नेपाल र कांग्रेसका दीपकप्रसाद कुँइकेलबीच प्रतिस्पर्धा हुँदै छ। काठमडौं क्षेत्र नम्बर ३ मा गठबन्धनका कृष्णबहादुर राई र कांग्रेसकी अम्बिका बस्नेतबीच प्रतिस्पर्धा हुँदै छ। 

त्यसैगरी धेरै चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनको तर्फबाट एमालेका राजन भट्टराई र कांग्रेसका गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ।  काठमाडौं ५ मा वाम गठबन्धनको तर्फबाट एमालेका ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच प्रतिस्पर्धा हुँदै छ। 

काठमाडौं क्षेत्र ६ मा कांग्रेसका भिमसेन दास प्रधान र वाम गठबन्धनको तर्फबाट माओवादी नेता झुक्कुप्रसाद सुवेदीबीच प्रतिस्पर्धा हुँदै छ। उता काठमाडौं क्षेत्र ७ मा भने गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका विक्रमबहादुर थापाको प्रतिस्पर्धा हुने देखिएको छ। 

काठमाडौँ ८ मा गठबन्धनको तर्फबाट एमालेका जीवनराम श्रेष्ठ र कांग्रेसका नविन्द्रराज जोशीबीच प्रतिस्पर्धा हुँदै छ। उता क्षेत्र ९ मा गठबन्धनको तर्फबाट  कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रंजित चुनावी मैदानमा छन्। 

काठमाडौं १० मा भने कांग्रेसका राजेन्द्रकुमार केसी र माओवादीका हितमान शाक्यबीच प्रतिस्पर्धा हुँदै छ। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार