• निर्वाचन समाचार
advertisement

ताप्लेजुङमा वाम गठबन्धनको अग्रता कायमै

सीताराम गुरागाई | शुक्रबार, २२ मङि्सर २०७४


ताप्लेजुङ : ताप्लेजुङमा प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुवै स्थानमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।  बिहान साढे पाँच बजेसम्मको परिणामअनुसार प्रतिनिधिसभामा १५ हजार ६ सय ११ मतगणना हुँदा प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार एमाले सचिव योगेश भट्टराइले ८ हजार ५ सय ३ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले ५ हजार ५ सय ५० मत प्राप्त गरेका छन्। यता प्रदेशसभा क मा वाम गठबन्धनका बलबहादुर साम्सोहाङले ४ हजार २ सय १४ र कांग्रेसका लिलादेवी बोखिमले ३ हजार ३९ मत प्राप्त गरेका छन्।

 उता प्रदेश ख मा वाम गठबन्धनका टंक आङवुहाङले ४ हजार १ सय ५ र कांग्रेसका दिपेन्द्रकुमार सेन्दाङले २ हजार १ सय ४९ मतका साथ पछ्याइरहेका छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार