• निर्वाचन समाचार
advertisement

‘सरकारी निकायबाटै आचारसंहिताको उल्लंघन’

शुक्रबार, ०८ मङि्सर २०७४

प्रदेश ३ काठमाण्डौ


काठमाडौं : निर्वाचन आचारसंहिताको उल्लंघन सरकारी निकायबाटै भएको भन्दै स्वतन्त्र पर्यवेक्षक संस्थाले चिन्ता व्यक्त गरेका छन्। पहिलो चरणको निर्वाचनको पूर्व तयारीबारे पर्यवेक्षण समीक्षा सार्वजनिक गर्दै उनीहरुले निर्वाचन आयोग सरकारसामू निरिह बनेको बताएका हुन्।

आम निर्वाचन पर्यवेक्षण समिति (जिओक), राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र संकल्पले विहीबार पत्रकार सम्मेलन गरी आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नुको सट्टा आयोग स्पष्टीकरण सोध्ने काममा मात्र सिमित बनेको आरोप लगाएका छन्। ‘निर्वाचनको घोषणापछि आयोग नै सर्वेसर्वा हुनुपर्छ भन्ने मान्यता हो,’ जिओक अध्यक्ष हिमालय शम्शेर राणाले पत्रकार सम्मेलनमा भने,‘आयोग कमजोर देखिनु राम्रो पक्ष होइन।’

तीन वटा संस्थाद्वरा एक हजार बढी पर्यवेक्षक परिचालन गरी समिक्षा प्रतिवेदन तयार पारिएको जनाइएको छ। ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रथम चरणको आसन्न निर्वाचनमा व्यापक रुपमा आचारसंहिता पालनामा दल तथा उम्मेदवार उदासिन देखिए,’ प्रतिवेदनमा भनिएको छ,‘यसमा नेपाल सरकार आफै अग्रपंक्तिमा देखियो। यस अवधिमा नियुक्ति, बढुवा, सरुवा व्यापक रुपमा भयो र निर्वाचन आयोग नेपाल सरकारसामु निरिह देखियो।’

अन्य निकायलाई कर्मचारी सरुवा, बढुवामा रोक लगाएको आयोगले नै सचिव सरुवा गरेर आचारसंहिता पालनामा जिम्मेवार नदेखिएको नियोकका डा. गोपालकृष्ण सिवाकोटीले आरोप लगाए। निर्वाचन पूर्व देशभर भएका विभिन्न विष्फोट,आक्रमणका घटनामा सरकारले सुरक्षाको अनूभुति दिलाउन नसकेकाले निर्वाचन प्रक्रियामा मतदाताको सहभागितामा कमी आउने संकेत देखा परेको जिओकका महासचिव कृष्णमान प्रधानले जानकारी दिए।

‘सरकारले यथेष्ठ सुरक्षाको व्यवस्था गरेर मतदातालाई ढुक्कले मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्छ,’ प्रधानले भने। प्राध्यापक कपिल श्रेष्ठले चुनाव घोषणापछि सरकार भन्दा आयोग बलियो बन्नुपर्नेमा सरकार सामु आयोग निरिह देखिएको बताए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार