• निर्वाचन समाचार
advertisement

कपिलवस्तुमा मतगणना सुरु

दीपक आचार्य | शुक्रबार, २२ मङि्सर २०७४


तौलिहवा : कपिलवस्तुका सबै निर्वाचन क्षेत्रको मत गणना दिउँसोबाट सुरु भएको छ। ३ प्रतिनिधि र ६ प्रदेशसभा रहेको जिल्लाको मतगणना सदरमुकाम तौलिहवामा सुरु भएको हो। तौलिहवामा रहेका बुद्धपद्म मावि र तौलेश्वरनाथ संस्कृत माविमा प्रतिनिधिसभाको ३ र प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्रको अलग अलग कोठामा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत ओमकार उपाध्यायले जानकारी दिए।

उपाध्यायका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र ३ को मतगणना बुद्धपद्म माविमा भएको छ भने तौलेश्वरनाथ संस्कृत माविमा प्रतिनिधिसभा २ को मत गणना भइरहेको छ। बिहिबार सम्पन्न मतदानको मतपेटिका राती १ सम्म संकलन गरिएको थियो। बिहान ८ बजे सर्वदलीय बैठक आयोजना गरी दिउँसोबाट मतगणना सुरु भएको हो।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिहिबार ७३ दशमलव ७९ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अधिकृत ज्ञानहरी घिमिरेले जानकारी दिए। जिल्लामा ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेका छन। मतगणनाको परिणाम दुई दुई घण्टामा दिने निर्वाचन अधिकृत घिमिरेले बताए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार