• निर्वाचन समाचार
advertisement

धनुषामा राजपाको सुरुवाती अग्रता

मनिका झा | शुक्रबार, २२ मङि्सर २०७४


जनकपुरधाम : धनुषामा जारी  प्रतिनिधिसभा तथा प्रदेशसभाको मतपरिणाम अनुसार राजपा नेपालले सुरुवाती अग्रता लिएको छ। यहाँको महेन्द्र नारायण निधी सांस्कृतीक प्रतिष्ठानमा जारी क्षेत्र नम्बर ३ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई राजपाका उम्मेदवार राजेन्द्र महतोले सुरुमै पछि पारेका छन्। 

हालसम्मको मतपरिणाम अनुसार नेता महतोले एक हजार ३ सय ५५ र निधिले एक हजार ६० मत प्राप्त गरेका हुन्। त्यसैगरी वामगठबन्धनका तर्फबाट उम्मेदवार रामसिंह यादवले भने २ सय ४४ मत प्राप्त गरेका छन्। त्यसैगरी प्रदेशसभातर्फ ३ र्को क’ मा राजपाका उम्मेदवार  कविन्द्र ठाकुरले ७ सय ५५ र नेपाली कांग्रेस उम्मेदवार रामसरोज यादवले ४ सय ८८ मत पाएका छन्। त्यसैगर्री  ख’ मा राजपा उम्मेदवार परमेश्वर साहले एक हजार ३१ र नेपाली कांग्रेस उम्मेदवार श्याम साहले ५ सय ४२ मत प्राप्त गरेका छन्। 

राजपाको सुरुवाती अग्रताको खबर आएपछि कार्यकर्ताहरु निकै उत्साहित भएका छन्। धनुषा प्रतिनिधिसभा १,२ र ४ को मत शैक्षिक तालिम केन्द्रमा गणना गरिने तयारी गरिएको छ। ढिलागरी सर्वदलीय बैठक बसेकोले हालसम्म त्यहाँ मतगणना सुरु हुन सकेको छैन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार