• निर्वाचन समाचार
advertisement

दाङमा वामगठबन्धनको अग्रता

शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ५ दाङ


दाङ :  दाङको निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्यका वाम गठबन्धनका उम्मेदवार मेटमणी चौधरीले ५६९ मत ल्याएर अघि देखिएका छन्।उनका प्रतिष्पर्धी काग्रेसका सुशीला चौधरीले ३२६ मत प्राप्त गरेकी छिन्।

दाङ प्रदेशसभा १ क मा वाम गठबन्धनका तर्फबाट माओबादी केन्द्रका इन्द्रजित थारुले ३४० र काग्रेसका प्रदीप थापाले २१७ मत प्राप्त गरेका छन्।प्रदेश सभा २ मा नेपाली काग्रेसका प्रदेश सभा सदस्य जानकीलाल बस्नेतले २४८ मत र वाम गठबन्धनको तर्फबाट एमालेका रेवतीरमण शर्मा घिमिरेले २९८ मत प्राप्त गरेका छन्।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार वाम गठबन्धनका कृष्णबहादुर महरा अग्रस्थानमा छन्।  उनले १५८३ सय मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी नेपाली काग्रेसका राजु खनालले १०७३ मत प्राप्त गरेका छन्। प्रदेश सभा २ क तर्फ वाम गठबन्धनबाट नेकपा एमालेका शंकर पोख्रेलले १६ सय ९६ र नेपाली काग्रेसका कमलकिशोर घिमिरेले ९३३ मत प्राप्त गरेका छन्।

प्रदेश सभा २ ख मा अमरबहादुर डाँगी १६९० र भरतबहादुर न्यौपाने ९५८ मत प्राप्त गरेका छन्। क्षेत्र नम्वर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काग्रेस दिपक गिरी ६०० र वाम गठबन्धनबाट एमालेका हिराचन्द्र केसी ४०० मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नम्वर ३ क मा वाम गठबन्धनबाट नेकपा माओबादीका जगप्रसाद शर्मा ७६६ र नेपाली काग्रेस डिल्ली बहादुर चौधरीले ६९५ प्राप्त गरेका छन्।
प्रदेश सभा २ मा वाम गठबन्धनबाट एमालेका उत्तर कुमार ओलीले ८०५ र नेपाली काग्रेसका बुद्धिराम भण्डारीले ५८९ मत प्राप्त गरेका छन्।

दाङमा आज शुक्रबार बिहान साढे ८ बजेदेखि मतगणना सुरु भएको थियो। एकैसाथ तीन स्थानबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।एक स्थानमा प्रतिनिधिसभा र अन्य एक एक स्थानमा प्रदेशसभा १ र २ को मतगणना सुरु गरिएको छ।


 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार