• निर्वाचन समाचार
advertisement

पर्सामा मतगणना सुरु

क्रान्ति शाह | शुक्रबार, २२ मङि्सर २०७४


वीरगन्ज : पर्सामा बिहिबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो एक बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि दिउसो २ बजेदेखि मतगणना सुरु भएको हो। मतगणनास्थल वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापिठ उच्च माविमा मतगणना जारी छ । अहिले पर्साको क्षेत्र नम्बर १ र ४ को प्रतिनिधिसभाको मतगणना चलिरहेको छ।

क्षेत्र नम्बर २ र ३ को प्रतिनिधिसभाको मतगणना पनि अबको केही बेरमै सु्रु हुने बताइएको छ। मतगणनास्थल वीरगन्जको श्रीपुरस्थित विद्यापिठ माविमा मतगणनाका लागि ८ वटा कोठाको व्यवस्थापन मिलाइएको छ। पर्सा जिल्लाको मत परिणाम आउन कम्तीमा ६ दिन लाग्ने मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताए । बिहिबार भएको निर्वाचनमा पर्सा जिल्लामा ७१ दशमलव ४३ प्रतिशत मत खसेको छ।

पर्सा जिल्लामा कुल दुई लाख ९९ हजार ५४ मतदाता रहेकोमा बिहिबार  भएको मतदानमा २ लाख ६ हजार ४ सय ६१ मत खसेको हो। पर्सा क्षेत्र नंबर १ मा जम्मा ६९ दशमलव ६१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ। ६७ हजार ४ सय ५ जना मतदाता रहेकोमा बिहिबार  भएको निर्वाचनमा ४६ हजार ९ सय २४ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दिएको जानकारी अनुसार पर्सा क्षेत्र नम्बर १ मा २६ हजार ७ सय ६० पुरुष र २० हजार १ सय ६३ महिला मतदाता मतदानमा सहभागी भएका थिए।  पर्सा क्षेत्र नम्बर २ मा भने ७१ दशमलव ४८ प्रतिशत मत खसेको छ। ७३ हजार १२ जना मतदाता रहेको क्षेत्र नम्बर २ मा  ५२ हजार ११ जना मतदाता मतदानमा सहभागी भएका हुन्।

क्षेत्र नम्बर २ मा २९ हजार ५ सय १६ पुरुष, २२ हजार ४ सय ९४ जना र १ जना तेस्रो लिंगी मतदाताले बिहिबार मतदान गरेको सहायक निर्वाचन अधिकृत केशव कौशिकले बताए। पर्सा क्षेत्र नम्बर ३ मा भने बिहिबार ७३ दशमलव ३० प्रतिशत मत खसेको छ। जम्मा ७४ हजार १ सय ६६ मतदाता मध्ये ५४ हजार ३ सय ६७ जनाले मतदान गरेका हुन्। ३० हजार ४ सय ३८ पुरुष र २३ हजार ९ सय २९ महिला मतदाताले मतदान गरेको निर्वाचन अधिकृत कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।

पर्सा क्षेत्र नंबर ४ मा ७१ दशमलव ३८ प्रतिशत मत खसेको छ। पर्सा क्षेत्र नम्बर ४ मा कुल ७४ हजार ४ सय ७१ मतदाता रहेकोमा बिहिबार  ५३ हजार १ सय ५९ मतदान गरेका हुन्। पर्सा क्षेत्र नंबर ४ मा २५ हजार ३६ महिला र २८ हजार १ सय २३ पुरुष मतदाताले मतदान गरेको निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए। पर्सामा चार वटा प्रतिनिधिसभा र आठ प्रदेशसभाका लागि १७६ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसअन्तर्गत चार प्रतिनिधिसभाका लागि ६४ जना र आठ प्रदेशसभाको लागि १४४ जनाले मनोनयन दर्ता गराएका थिए। मनोनयन दर्ता गरेका मध्ये ७६ जना उम्मेदवार स्वतन्त्र छन्। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार