• निर्वाचन समाचार
advertisement

बझाङमा वामगठबन्धन विजयी

जगदीश रोकाया | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ७ बझाङ


विजयी भएका उमेदवार भैरब बहादुर सिंह,अर्जुन थापा र देवकी मल्ल थापा लाई प्रमाण पत्र दिदै मुख्य निर्वाचन अधिकृत पूर्णप्रशाद बास्तोला।

बझाङ :  प्रतिनिधिसभाका लगि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बझाड जिल्लामा तिनै क्षेत्रमा वामगठबन्धनले विजयी भएको छ। प्रतिनिधिसभामा नेकपा एमालेका भैरबबहादुर सिंहले ३४ हजार ६ सय १२ मतले विजयी भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका अर्जुन थापाले १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भएका हुन्। प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट नेकपा माओवादी केन्द्रकी देवकी मल्ल थापाले १६ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बास्तोलाले बताए।

प्रतिनिधि सभामा भैरबबहादुर सिंहका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याएका छन्। यसैगरी प्रदेशसभा १ मा नेपाली कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत पाएर पराजय भएकी हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका नरेशबहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याएर पराजए भएका हुन्। 
बझाड जिल्लामा प्रतिनिधिसभाका लागि सातवटा राजनीतिक दलका ७ जना उमेदावर प्रतिष्पर्धामा थिए। प्रदेशसभा १ मा ६ वटा र प्रदेश सभा २ मा ४ दलका उमेदवारहरुले भाग लिएका थिए।

प्रतिनिधिसभामा विबेकशील साझा पार्टीका मीनबहादुर सिंहले ३५५ संघीय समाजवादी फोरमका भीमबहादुर थापाले ५ सय ३ मत पाएका थिए। यसैगरी देशभक्त जनगणतान्त्रीक मोर्चाका धरणीधर नाथले ३ सय ९ मत, नयाँशक्ती पार्टीका जोगीबहादुर कुवरले ४ सय ४३ मत र राष्ट्रिय जनमोर्चा पार्टीका कल्पना भण्डारीले ५१ मत पाएकी थिइन् ।

प्रदेश सभा निर्वाचन १ मा संघीय समाजवादी फोरमका राम बहादुर जाग्रीले २७३ मत, नयाँशक्ती पार्टीका डम्बरबहादुर रावलले १४७ मत पाएका छन्। यसैगरी देशभक्त जनगणतान्त्रीक मोर्चाका असोकबहादुर ओलीले ३३२ मत र विबेकशील साझा पार्टीका महोन सिंहले ३६२ मत पाएका थिए। यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नयाँ शक्तिका कलक रोकायाले ३ सय ६७ मत विवेकशील साझा पार्टीका रविन्द्र बहादुर बमले ४ सय ५ मत पाएका थिए। 
बिहीवार साँझ ५ बजेबाट मतगणना गरेको बझाडमा शुक्रबार दिउँसो नै मतगणना सकिएको हो। मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृत पूर्णप्रशाद बास्तोलाले विजयी भएका तीनै जना उमेदवारलाई प्रमाणपत्र प्रदान गरेका थिए।

बझाड जिल्लामा १ लाख ४ हजार २ सय ७५ मतदाता रहेपनि ६६ हजार ८ सय २७ मत खसेको थियो। यस मध्य ३ हजार ५ सय मत बदर भएका थिए। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार