• निर्वाचन समाचार
advertisement

रोल्पामा बदर मत बढ्दै

खेम बुढामगर | शुक्रबार, २२ मङि्सर २०७४


रोल्पा (लिबाङ) : रोल्पामा एक सय मत गणना गर्दा ५  देखि १० मत बदर रहेको पाइएको छ। प्रतिनिधिसभातर्फ ११ हजार ३ सय २७ मत गणना हुँदा ८ सय ५० मत बदर पाइएको छ।प्रदेशसभातर्फ निर्वाचन क्षेत्र क मा ५ हजार ५ सय ५१ मत गणना गर्दा ४ सय ३३ मत बदर पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन क्षेत्र ख मा ६ हजार ६ सय ४८ मत मा ३ सय ७० मत बदर भएको छ। मतदाता शिक्षा अभावका कारण बदर मत बढी देखिएको बताइएको छ।

मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले मतपत्रमा लगातार सबै चिन्हमा छाप हानेको  पाइएको बताए। कतिपय मतपत्रमा औंठा छाप लगाएको पाइएको छ। उनको अनुसार मतपत्रमा धेरै चिन्हमा छाप हानेको भेटिरहेको बताए।

हालसम्म गनिएका मतअनुसार वाम गठबन्धनले अग्रता लिइरहेको छ। वाम गठबन्धका प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुन अनन्तले ६ हजार ६ सय ५३ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं सिंचाई राज्यमन्त्री  अमरसिंह पुनले ३ हजार २ सय ५१ मत ल्याएका छन्।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र क मा माओवादी केन्द्रका उम्मेदवार कुलप्रसाद केसीले २ हजार ७ सय ४० ले अगुवाइ गरिरहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महराले १ हजार ९ सय ७८ मतले पछ्याइरहेका छन्।

निर्वाचन क्षेत्र ख मा माओवादी केन्द्रका उम्मेदवार दिपेन्द्र कुमार पुनले ४ हजार ६ सय ६५ मतले अग्रता कायम गरिरहेका छन् भने कांग्रेस उम्मेदवार खगेन्द्रप्रकाश हमालले १ हजार ३ सय ४९ मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र क मा ५ हजार ५ सय ५१ र निर्वाचन क्षेत्र ख मा ६ हजार ६ सय ४८ मत गणना भइसकेको छ। मत गणना ढिला भइरहेको गुणासो आइरहेको छ। स्थान अभावका कारण चार समूहमा मत गणना भइरहेको छ।


 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार