• निर्वाचन समाचार
advertisement

रोल्पामा निर्वाचनका लागि उच्च सुरक्षा : कर्मचारी मतदान स्थलमा

खेम बुढामगर | शनिबार, ०९ मङि्सर २०७४

प्रदेश ५ रोल्पा निर्वाचन क्षेत्र - १


रोल्पाका मतदान स्थल जाँदै निर्वाचन कर्मचारी र रोल्पामा खटिएका सुरक्षाकर्मी। तस्बिर : खेम बुढामगर

लिबाङ (रोल्पा) : रोल्पाका सबै मतदान स्थलमा एक हजार नौ सय निर्वाचन कर्मचारी र स्वंयसेवक परिचालन भएका छन्। करिब दुई हजार पाँच सय सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिएका छन्। ८० मतदान स्थल र १ सय ६० मतदान केन्द्रका लागि एक हजार दुई सय ७७ कर्मचारी सबै मतदान स्थलमा पुगेका छन्।

जिल्ला निर्वाचन अधिकारी लिलु गिरीका अनुसार ६ सय ३७ जना स्वयम्सेवक पनि परिचालन गरिएका छन्। उच्च सुरक्षा व्यवस्थासहित मतदान स्थल पुगेका निर्वाचन कर्मचारीले मतदान केन्द्रमा पुगेर मतदाता परिचयपत्र वितरण गरिरहेका छन्। ‘मतदान केन्द्र पुगेका कर्मचारी र स्वंसेवकले मतदान केन्द्रको व्यवस्थापन कार्यमा गरिरहेका छन्’, निर्वाचन अधिकारी गिरी भन्छन्।

मतदान स्थलमा पुगेका कर्मचारीले चुनावलाई शान्तिपूर्ण र आचारसंहिता अनुसार सम्पन्न गर्न मतदान स्थल स्तरीय सर्वदलीय बैठक समेत सम्पन्न गरेका छन्। २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन भएको थबाङमा पनि सर्वदलीय बैठक सम्पन्न भएको मतदान अधिकृत गोपीराज पुनले बताए। निजामती कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलगायतका कर्मचारी निर्वाचनमा खटिएका छन्। सदरमुकाम लिबाङदेखि नजिक र सबै भन्दा टाढाका कर्मचारीलाई १५ देखि ४५ हजारसम्मको सेवा सुविधा उपलब्ध गराइएको छ।

जिल्लाका सबैजसो मतदान स्थल विद्यालय परिसरमा छन्। भौगोलिक विकट मतदान स्थलमा कर्मचारीले मेस संचालन गरेर मतदानको तयारी गरिरहेका छन्। ८० मतदान स्थल मध्ये ६० उच्च संवेदनशील, १५ संवेदनशील र पाँच सामान्य रहेको बताइएको छ। यद्यपी सबैमा मतदान स्थलमा उच्च सुरक्षा व्यवस्था गरिएको छ। 

प्रमुख जिल्ला अधिकारी डा. डीजन भट्टराईका अनुसार सुरक्षा रणनीति बमोजिम नेपाली सेनाले बाहिरी घेरामा सुरक्षा प्रदान गर्ने, सशस्त्र प्रहरीले दोस्रो र जनपद र म्यादी प्रहरीले भित्री घेरामा सुरक्षा दिने गरी सबै सुरक्षा व्यवस्था मिलाइएको छ। उच्च संवेदनशील मानिएको यहाँ नेपाली सेनाको खड्ग दल गण, सशस्त्र प्रहरी, जनपद र म्यादी प्रहरी परिचालित छन्। 

सुरक्षा संवेदनशीलताका कारण सेनाको रेन्जर बटालिन, प्रहरी उपरीक्षक केदार रजौरे, २२ प्रहरी निरीक्षकसहित २ सय ६८ प्रहरी थप गरी सुरक्षा व्यवस्था चुस्त बनाएको प्रशासनले जनाएको छ। भालुबाङ सशस्त्र प्रहरी गणबाट सदरमुकाम लिबाङमा निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीको अस्थायी क्याम्प राखिएको प्रहरी नायव उपरीक्षक लालबहादुर शाहीले बताए।

गत हप्ता शृंखलाबद्ध बम विष्फोटका घटना भएपछि उच्च सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलको भनाइ छ। ‘ढुक्क भएर मतदान गर्ने अवस्था छ,’ प्रहरी नायव उपरीक्षक फुयाँलले भने, ‘सुरक्षा गस्ती निरन्तर चलिरहेको छ। मतदान स्थलमा पनि सुरक्षाको राम्रो प्रबन्ध गरेका छौं।’

प्रतिनिधिसभाका लागि १ र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र रहेको यहाँ १ लाख २७ हजार ६ सय २९ मतदाता छन्। प्रतिनिधिसभाका लागि ९ उम्मेदवार र प्रदेश सभाका लागि १४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार