• निर्वाचन समाचार
advertisement

रसुवा प्रदेशसभामा कांग्रेस विजयी

देवचन्द्र भट्ट | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ३ रसुवा


प्रभात तामाङ

त्रिशूली, नुवाकोट: रसुवाको प्रदेश सभा ‘क' को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। शुक्रवार अपरान्ह सार्वजनिक अन्तिम नतिजा अनुसार रसुवाको प्रदेश सभा ‘क' मा नेपाली कांग्रेसका युवा उम्मेदवार प्रभात तामाङ विजयी भएका हुन्।

तामाङले ६ हजार ९ सय ७६ मत ल्याएर विजयी भएको रसुवाका निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए। तामाङका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष कन्र्याल तामाङले पाँच हजार एकसय ५२ मत ल्याए।

रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ सानोभार्खु निवासी ४३ वर्षीय प्रभात तामाङ २०६७ सालदेखि कांग्रेसमा आवद्ध भएका थिए। कांग्रेस महासमिति सदस्यसमेत रहेका प्रभातले रसुवालाई चीनसंग आपसी व्यापार बढोत्तरी तथा नेपाल-चीनबीच हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकाको बिस्तार गर्ने प्रतिवद्धता जनाए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार