• निर्वाचन समाचार
advertisement

रोकिएको २ मतदान केन्द्रको मतदान भोलि हुने

प्रेमनारायण आचार्य | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ५ अर्घाखाँची


सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ५ मथुरा आधारभुत विद्यालयका दुई मतदान केन्द्रमा बिहिबार रोकिएको मतदान भोलि पुन हुने भएको छ। सन्धिखर्क नगरपालिकाको वडा नम्बर ५ को मथुरा आधारभुत विद्यालय केन्द्रमा रहेको ख केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएपछि मतदाताले बुथ तोडफोड गरि मतपत्र च्यातिदिए पछि मतदान स्थगित भएको थियो।

निर्वाचन अधिकृत सुरेन्द्र अधिकारीले हस्ताक्षर नगरेको मतपत्र मतपेटिकामा परेको स्वीकारेका छन्। उक्त मतदान स्थलका क र ख दुईवटा केन्द्रमा शनिबार पुन निर्वाचन सूचारू गर्ने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।

अन्यत्र स्थानमा बिहिबार उल्लासमय वातावरणमा मतदान सम्पन्न भएको छ। जिल्लामा ६४ दशमलव ४५ प्रतिशत मत खसेको छ। अर्घाखाँचीमा कुल १  लाख ३८ हजार ३ सय २८ मतदाता रहेका थिए। मालारानी गाउँ पालिकाको गोखुंगामा रहेको सूर्य मावि केन्द्रबाट ९८ वर्षीय प्रेमनारायण घिमिरेले मतदान गरेका हुन्। त्यस्तै माओवादी नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सन्धिखर्क ९ को अर्घा रजस्थल माविबाट मतदान गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विकले सन्धिखर्क २ को बेलबाटिका केन्द्र बाट तथा पुस्पा भुसालले २ को बाल मन्दिर केन्द्रमा मतदान गरेका छन्। 

सन्धिखर्क २ को बेलबाटिका केन्द्र नजिकै रहेको प्रेसर कुकुरबम तथा पाणिनि ७ अडगुरिमा कांग्रेस महाधिवेशन प्रतिनिधि अशोक श्रेष्ठको घर तथा गाडी लक्षित गरी राखेको बम  नेपाली सेनाले डिस्पोज गरेको छ। यसैबीच अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा चार दिनदेखि आमाको क्रिया बसेका क्रियापुत्रीले मतदान गरेका छन्। छ्त्रदेव गाउँपालिका वर्ड नम्बर ५ बहखोर  निवासी गणेश बहादुर रायमाझी, भीमबहादुर रायमाझी, हिराबहादुर रायमाझी र खड्कबहादुर रायमाझीले सेतो कपडामै भोट हालेका हुन्।

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार