• निर्वाचन समाचार
advertisement

बैतडीमा मतान्तर बढाउँदै वामगठबन्धन

भगीरथ अवस्थी | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ७ बैतडी


बैतडी :  बैतडीमा बिहीबार साँझदेखि सुरु भएको मतगणनामा वामगठबन्धनले लोकतान्त्रिक गठबन्धनँगको मतान्तर बढाउँदै लगेको छ। बिहीबार साँझ मतगणना सुरु भएदेखि नै अग्रता लिएको बामगठबन्धनले मतान्तर बढाउँदै लगेको हो। वामगठबन्धनले प्रतिनिधिसभा र प्रदेससभा दुवैमा बामगठबन्धनको अग्रता देखिएको छ।

प्रतिनिधिसभाको २२ हजार बढी मत गनिसक्दा बामगठबन्धनका उम्मेदवार एमालेका नेता दामोदर भण्डारीले १२ हजार ७ मत ल्याएर अग्रता कायमै राखेका छन्। लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता नरबहादुर चन्दले ८ हजार ७०२  मत प्राप्त गरेका छन्। भण्डारी चन्दा भन्दा ३ हजार ३०५ मतले अघि देखिएका छन्। विवेकशील साझाका उम्मेदवार नारायणदत्त अवस्थीले १५६, राष्ट्रिय जनमोर्चाका विरेन्द्रसिंह भण्डारीले ९२ र एकीकृत राप्रपा राष्ट्रवादीका त्रिलोकबहादुर चन्दले ९२ मत प्राप्त गरेका छन्। 

प्रदेशसभाका दुवै क्षेत्रमा पनि बामगठबन्धनले मतान्तर बढाउँदै लगेको छ। प्रदेशसभा (क) क्षेत्रमा वामगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्टले १० हजार ९९३ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हरिमोहन भण्डारीले ८ हजार ३५५ मत प्राप्त गरेका छन्। वामगठबन्धनका उम्मेदवार भट्ट कांग्रेसका भण्डारी भन्दा २ हजार ६३८ ले मत अघि छन्।

जनसमाजवादी पार्टी नेपालका भगीरथसिंह कुवरले ६५३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय मुक्ति आन्दोलन नेपालका दिलिपराज पाण्डेले २२६ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमोर्चाका अर्जुनसिंह मडैले ४२ मत प्राप्त गरेका छन्।प्रदेशसभा (ख) क्षेत्रमा बामगठबन्धन उम्मेदवार एमालेका लीलाधर भट्टले १२ हजार ३८ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्। लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका गणेश चन्दले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। यसरी भट्ट चन्द भन्दा ३ हजार १४० मतले अघि छन्। कुल १ लाख ३२ हजार तीन सय १९ मतदाता रहेको बैतडीमा ७६ हजार तीन सय ४३ मत खसेको छ।

बदर मतको संख्या बढ्दै 

बैतडीमा बदर मतको संख्या बढ्दै गएको छ। प्रतिनिधिसभाको २० हजार ३२५ मत गनिसक्दा १ हजार ९०९ मत बदर भएका छन्।  प्रतिनिधि सभामा झण्डै १० प्रतिशत मत बदर भएको छ। यस्तै प्रदेशसभा (क) क्षेत्रमा २० हजार ६२६ मत गनिसक्दा १ हजार ७७३ मत बदर भएका छन्। यस्तै प्रदेशसभा (ख) क्षेत्रमा २० हजार २१२ मत गनिसक्दा १ हजार ३४८ मत बदर भएका छन्। बैतडीमा अहिले सम्म झण्डै दश प्रतिशत मत बदर भएको छ। 

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढ्दै गएको हो। ढिलो गरी मतदाता शिक्षा सुरु हुनु, मतदाता शिक्षा स्वसेवक दक्ष नहुनु लगायतका कारणले बदर मतको संख्या बढ्दै गएको हुन सक्ने मुख्य निवाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए। उनले भने ‘जिल्लामा ढिलो गरी मतदाता शिक्षा कार्यक्रम सुरु भयो। त्यसमा पनि मतादाता शिक्षा स्वयंसेवकहरु सबै ठाउँमा नपुगेका हुन सक्छन्।'
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार