• निर्वाचन समाचार
advertisement

बाजुरामा वाम गठबन्धनका रेग्मी विजयी

रमित विक | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ७ बाजुरा


बाजुरा : बाजुराबाट प्रदेशसभाका उम्मेदवार बलदेव रेग्मी विजयी भएका छन्। वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता रेग्मीले आफ्ना प्रतिस्पर्धीभन्दा १५ सय ३९ मत बढी प्राप्त गरी विजयी भएका हुन्। एमाले जिल्ला सचिव समेत रहेका बलदेव रेग्मी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

वाम गठबन्धनका रेग्मीले कुल खसेको मतमा नौ हजार ८ सय ४० मत प्राप्त गरे भने उनका निकट्तम प्रतिद्वन्द्वी गिरीले ८ हजार ३ सय १ मत प्राप्त गरेका छन्। क्षेत्र न.ं एकमा कुल खसेका १८ हजार ९ सय ९६ मत मध्ये वाम गठबन्धनले करिब ५२ प्रतिशत मत ल्याएको छ।

बाजुराबाट प्रदेशसभा क्षेत्र नं. १ मा निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार बलदेव रेग्मीले  सडक यातायात, स्वास्थ्य, शिक्षालाई विशेष प्राथमिक्तामा राख्ने बताए। निर्वाचित भए पछि रेडियो बुढीनन्दासँग संक्षिप्त प्रतिक्रिया दिँदै रेग्मीले यो जित आफ्नो मात्र जित नभएर क्षेत्र नं एकका सम्पूर्ण जनताको जित भएको बताए। उनले भने , अब विशेषगरी बाजुराको क्षेत्र नं एकको विकासमा विशेष ध्यान दिनेछु। 

विजयी भएका रेग्मीले यस अघि दुई कार्यकाल एमालेको जिल्ला सचिव पद सम्हालिसकेका छन्। त्यस्तै बाजुराको प्रतिनिधिसभाको निर्वाचनमा समेत वाम गठबन्धनले अग्रता लिएको छ। आज मध्यान्न सम्म नेपाली कांग्रेसले अग्रता लिए पनि मध्यान्नदेखि वाम गठबन्धनले अग्रता लिएको हो। वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार  लालबहादुर थापाले १८ हजार ९९५ मत प्राप्त गरेका छन्  भने नेपाली कांग्रेसका कविराज पण्डितले १६ हजार ९४९ मतले पछ्याइ रहेका छन्। 

प्रतिनिधिसभामा नयाँ शक्ति पार्टीबाट प्रतिष्प्रर्धामा उत्रेका दिलीप शाहीले ४१३ मत प्राप्त  गरेका छन्। त्यस्तै प्रदेशसभा क्षेत्र नं दुईमा पनि वाम गठबन्धनले अग्रता कायम गरेको छ। वामगठबन्धनका तर्फबाट प्रकाश शाहले १४ हजार ७४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पदमबहादुर शाहीले ११ हजार ८५२ मत प्राप्त गरेका छन्। बाजुरामा भोलिसम्म प्रदेशसभा क्षेत्र नं २ को निर्वाचनको परिणाम सार्वजनिक  हुने अनुमान गरिएको छ भने पर्सीसम्म प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक हुने अनुमान गरिएको छ। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार