• निर्वाचन समाचार
advertisement

मतदाता परिचय बाँड्दाबाँड्दै मतदान स्थलमा विस्फोट

सीताराम गुरागाईँ | शनिबार, ०९ मङि्सर २०७४

प्रदेश १ ताप्लेजुङ निर्वाचन क्षेत्र - १


ताप्लेजुङ : सदरमुकाम फुङलिङमा मतदाता परिचयपत्र भइरहेका बेला बम विस्फोट भएको छ। भानु मावि मतदान केन्द्रमा मतदातालाई परिचयपत्र वितरण जारी रहेका बेला शनिबार दिउसो पौने २ बजेतिर विस्फोट भएको हो। विस्फोटमा मानवीय क्षति भएको छैन।

मतदानका लागि महिला तथा पुरुषको लाइन व्यवस्थापन गर्न बनाइएको बारमा विस्फोट भएपछि अहिले उक्त मतदान केन्द्रमा सेना तथा प्रहरीले घेरा हालेको छ। कर्मचारी तथा परिचयपत्र लिन गएका मतदाताहरूलाई भने बाहिर निकालिएको छ।

सेना तथा प्रहरीको सुरक्षा कायम रहेका बेला मतदान केन्द्रभित्र कसले विस्फोटक पदार्थ लग्यो खुल्न सकेको छैन।

मतदान अधिकृत कुवेर नेपालीले यस्तो अवस्थामा निर्वाचन गराउन कठिन हुने भन्दै थप सुरक्षाको प्रत्याभूति गर्न अनुरोध गरेका छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार