• निर्वाचन समाचार
advertisement

४४ मतपत्र धेरै भेटिएपछि गोरखा २ मा मतगणना रोकियो

शिवप्रसाद उप्रेती | शुक्रबार, २२ मङि्सर २०७४

प्रदेश ४ गोरखा निर्वाचन क्षेत्र - २


गोरखा : गोरखा क्षेत्र नम्बर २ मा विवाद हुँदा मतगणना रोकिएको छ। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा रहेको क्षेत्रमा विवाद हुँदा एक घण्टादेखि मतगणना रोकिएको हो।  चतुरमाला माविको मुच्चोकको मतपेटिकामा मुचुल्कामा उल्लेख भएको भन्दा ४४ मतपत्र धेरै भेटिएपछि विवाद उत्पन्न भएको हो।
 
मुचुल्काभन्दा धेरै मतपत्र भेटिएपछि लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिले मतगणनामा अवरोध गरेका हुन्। गोरखा २ मा बाबुराम भट्टराई कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् भने नारायणकाजी वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्।

विवाद हुनुअघि बाबुरामले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने नारायणकाजीले ९ हजार ७ सय ४९ मत पाएका छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार