राजेन्द्र राईले अग्रता बढाए, सुनिल थापा हजार मतले पछाडि
हरिबहादुर लम्जेल | शुक्रबार, २२ मङि्सर २०७४
धनकुटाः प्रतिनिधिसभा सदस्यतर्फ वामगठवन्धनका उम्मेदवार राजेन्द्र राई १ हजार मतसहित अगाडि छन्। ५ हजार मतगणना भइसक्दा वामगठवन्धनका राजेन्द्र राईले २८ सय १२ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सुनिलबहादुर थापाले १८ सय १४ मत पाएका छन्।
त्यस्तै प्रदेशसभा अन्तर्गत धनकुटा-१ को २५ सय ३३ मत गणना भइसक्दा लोकतान्त्रिकका मनोहरनारायण श्रेष्ठको १ हजार ५३ र वामगठबन्धनका निरनकुमार राईको १ हजार ७७ मत रहेको
छ।
यसैगरी प्रदेशसभा अन्तर्गतकै धनकुटा-२ को २४ सय ७ मतगणना भइसक्दा वामगठबन्धनका इन्द्रमणी पराजुलीको १३ सय ८२ र लोकतान्त्रिक गठबन्धनका अर्जुन थापाको ७ सय १४ मत रहेको छ।
प्रतिनिधिसभामा २ सय ५५ मत बदर भएको छ। त्यस्तै प्रदेशसभा अन्तर्गत धनकुटा-१ मा १ सय ४१ र धनकुटा-२ मा १ सय २० मत बदर भएको छ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी केशव पौडेलले एउटै मतपत्रमा धेरै चिन्हमा स्वस्तिक छाप हानेको बताए।
कमेन्ट गर्नुहोस्
अन्य समाचार
अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...
दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...
रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो
समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...
स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...
तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो
तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा...