• निर्वाचन समाचार
advertisement

मतपत्रको विषयमा विवाद हुँदा महोत्तरी ३ मा मतगणना स्थगित

राजकरण महतो | शुक्रबार, २२ मङि्सर २०७४


महोत्तरी : महोत्तरीको क्षेत्र नम्बर ३ मा मतपत्रको विषयमा विवाद हुँदा मतगणना स्थगित भएको छ। खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि  वाम गठबन्धनसहितका दलले मतगणनामा अवरोध गरेका हुन्। गठबन्धनका नेताले मतपत्र बढी हुनुको कारण नदेखाएसम्म मतगणना हुन नदिने बताएका छन्। 

जलेश्वर नगरपालिका ५ पर्सापतैली मतदान केन्द्रमा २ हजार २२ मतदाता छन्। मत भने १२ सय ४७ मात्र खसेको थियो। मुचुल्कामा समेत त्यही लेखिएको भए पनि मतपत्र गणना गर्दा १३ सय ४३ मतपत्र भेटिएपछि विवाद भएको हो। 

प्रतिनिधिसभाका उम्मेदवारर विजय चौधरीले अर्धकट्टी नभएसम्म मतगणना हुनै नदिने बताए। यता मुख्य निर्वाचन अधिकृत वृजेश प्याकुरेलले भने अर्धकट्टी दिन नमिल्ले भएकाले आयोगमै जान सुझाव दिएका छन्। 

महोत्तरी क्षेत्र नम्बर ३ महन्थ ठाकुरसँगै विजय चौधरी र स्वतन्त्र सन्देश्वर झाको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार