• निर्वाचन समाचार
advertisement

'यत्रो टाढा हिँडेर कसरी हाल्‍नु भोट?'

भगीरथ अवस्थी | शनिबार, ०९ मङि्सर २०७४

प्रदेश ७ बैतडी निर्वाचन क्षेत्र - १


मणिलेक मावि गुरुखोलामा मतदान केन्द्रको तयारी।

बैतडी : जिल्लाको सिगास गाउँपालिका ६ लेकमबस्तीका ६० वर्षीया सरस्वती धामीले स्थानीय तह निर्वाचन भोट दिन पाइनन्। गाउँबाट ५ घण्टा पैदल दूरीमा रहेको मतदानस्थल जान नसक्दा उनी मताधिकारबाट वञ्चित भइन्। प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार हुने निर्वाचनमा पनि उनी भोट दिन जानसक्ने अवस्थामा छैनन्।

‘मतदान गरेर राम्रो नेता छान्न मन त थियो तर पुग्नै ५ घण्टा लाग्छ, बुढेसकालमा हिँड्न सक्तिन', उनले भनिन्, 'नजिकै भोट दिने व्यवस्था भए भोट हाल्न पाउँथे।’

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ६ मा महादेव माविमा मात्रै मतदानस्थल राखिँदा समस्या भएको स्थानीय पदम रोकायाले बताए। उनले भने ‘साविकको थालाकाँडा गाविसमा धेरै दुर्गममा बस्ती छन्। मौरेबगर,लेकमबस्तीका मतदातालाई मतदानस्थलमै पुग्न करीब ५ घण्टा लाग्छ। यसले गर्दा बुढाबुढी र अपांगता भएका मतदाताहरुले भोट नै हाल्न पाउँदैनन्।’

सिगासमा मात्रै नभएर सुर्नया गाउँपालिकाको वडा नं ५ को रडीगाउँ, धुलिधार र ककस्यालीका मतदातालाई मतदानस्थलमा पुग्न ३ घण्टा बढी लाग्छ। मतदान गर्न जाने बेला ओरालो झर्नुपर्ने भएपनि फर्कने बेला उकालो चढ्नुपर्ने भएकाले वृद्धवृद्धा र अपांगता भएका मतदाताहरुलाई समस्या हुने गरेको स्थानीयबासी चन्द्रबहादुर बिष्टले बताए। उनले भने ‘हाम्रो वडामा रौलेश्वर माविमा मात्रै मतदान गर्ने व्यवस्था छ। त्यो ठाउँमा टाढाका मतदातालाई पुग्न निकै सकस छ।’

सुर्नया ६ शंकरपुर नन्दिनाका ७० वर्षीया बिजु अवस्थी पनि यो चुनावमा भोट दिन नसक्ने अवस्थामा छन्। स्थानीय निर्वाचनमा ४ घण्टा हिँडेर भोट हालेकी बिजु मतदान केन्द्र टाढा भएकै कारण यसपटक जाने आँट गरिरहेकी छैनन्। ‘बुढेसकालमा मतदान गर्ने रहर त थियो। तर मतदान केन्द्र टाढा जान सकिँदैन', उनले भनिन्, 'जसले जिते पनि राम्रो मान्छेले जितोस् भन्ने मेरो इच्छा छ।’

जिल्लाका ८४ वडामध्ये धेरै वडामा एउटै मतदानस्थल रहेको छ। भौगोलिक विकटताका कारण ती मतदानस्थलमा पुग्न समस्या हुने गरेको स्थानीयबासी बताउँछन्। जिल्लामा १२० ओटा मतदानस्थल रहेका छन् ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ७ समाचार