• निर्वाचन समाचार
advertisement

मन्त्रीलाई भारी मतले हराउदै बागलुङ १ बाट एमालेका पाठक विजयी

दिल शिरीष | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ४ वाग्लुङ निर्वाचन क्षेत्र - १


बागलुङ : बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ वामगठवन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका युवा नेता डा. सुर्य पाठकले सानदार बिजयी हासिल गरेका छन् ।

पाठकले बहालवाला राज्यमन्त्रीलाई १३ हजार ४१ मतको फराकिलो अन्तरले हराउदै प्रभावशाली जित हासिल गर्न सफल भएका हुन् । उनले ३३ हजार ६ सय ५७ मत लिएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काग्रेसका चम्पादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छिन् ।

विजयी पाठक २०७० को निर्वाचनमा साविक क्षेत्र नम्वर दुईमा पराजित भएका थिए भने खड्का २०७१ मा आफ्ना पति हरिबहादुर खड्काको सवारी दुर्घटनामा परि निधन भए पछि बागलुङ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनबाट सभासद भएकी थिइन् । खड्का हाल सहकारी तथा गरिवी निवारण राज्यमन्त्री रहेकी छिन् ।
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार