• निर्वाचन समाचार
advertisement

मोरङ ३ मा भानुभक्त ढकाल विजयी


विराटनगर : मोरङ क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालले कांग्रेसका सुनिलकुमार शर्मालाई पराजित गरेका छन्  । ढकाल १९ सय ६ मतको अन्तरले विजयी बनेका हुन् ।  निर्वाचन कार्यलयको अन्तिम मत परिणाम अनुसार ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गरेका छन् भने शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका छन् । 

जितपछि अन्नपुर्णसँग छोटो प्रतिक्रिया दिँदै ढकालले मोरङ ३  मा इमान र निष्ठाको राजनीतिको जित भएको बताए । ‘हामीले आफ्ना एजेण्डा जनता समक्ष लिएर जाँदा जनताले मन पराएर अनुमोदन गरिदिएका छन्, हामी जनताको विश्वास ढगमगाउन दिनेछैनौँ ।' उनले भने । 

ढकाल २०४५ साल  देखि राजनीतिमा सक्रिय छन् भने शर्मा विराटनगरस्थित नोवेल मेडिकल कलेजका सञ्चालक हुन् । 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार