• निर्वाचन समाचार
advertisement

सिन्धुपाल्चोकमा वामगठबन्धन विजयी

युवराज पुरी | शनिबार, २३ मङि्सर २०७४


सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा वाम गठबन्धन विजयी भएको छ। सिन्धुपाल्चोकका प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवारहरू भारी मतले विजयी भएका हुन्। 

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले भारी मतले विजयी भएका छन्।सापकोटा ४० हजार पाँच सय चार मत ल्याएर विजयी भएका छन् भने उनका निकट्तम पतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले २९ हजार सात सय ९८ मत प्राप्त गरे। 

त्यसैगरी क्षेत्र नं २ मा नेकपा एमालेका शेरबहादुर तामाङले ३८ हजार चार सय एक मत ल्याएर विजयी भएका छन्। उनका निकट्तम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पशुपति शमसेर राणाले ३० हजार तीन सय ६९ मत प्राप्त गरेका छन्। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार