• निर्वाचन समाचार
advertisement

रसुवामा लोकतान्त्रिक गठवन्धनका आचार्य विजयी

देवचन्द्र भट्ट | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ३ रसुवा


नुवाकोट:  मंसिर १० गते आइतबार सम्पन्न पहिलो चरणमा भएको मतदानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेश तह रहेको रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। 

रसुवामा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनका मोहन आचार्य विजयी भएका छन् । उनले १० हजार चारसय ५३ मत प्राप्त गरी विजयी भएको रसुवाका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए। 

उनका निकटतम प्रतिद्वन्दी एमालेका जनार्दन ढकालले १० हजार दुई सय ७८ मत प्राप्त गरेको खनालले बताए।  रसुवामा २६ हजार ८७  मतगणना हुँदा एकहजार एकसय ४५ मत बदर भएको बताइएको छ। 

रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ५ लहरेपौवा घर भएका ४३ वर्षीय आचार्य पेशाले इन्जिनियर हुन्। एक दशकदेखि कांग्रेसमा आवद्ध आचार्य कांग्रेसको महासमिति सदस्यसमेत हुन्। 

प्रदेशसभामा पनि लोकतान्त्रिक विजयीः
रसुवाका दुई वटै प्रदेश तहमा लोकतान्त्रिक गठबन्धन विजयी भएको छ। शनिवार बिहानको अन्तिम मतपरिणाम अनुसार रसुवाको प्रदेश ख मा लोकतान्त्रिक गठवन्धनका उम्मेदवार नयाँ शक्ति पार्टी रसुवाका संयोजक प्रेमवहादुर तामाङ विजयी भएका छन्। 

विजयी तामाङले सात हजार ४० र उनका निकटतम प्रतिद्वन्दी वामगठबन्धनका इन्द्र गौतम जगतजंगले पाँचहजार ६ सय ९२ मत प्राप्त गरे। 

रसुवाको प्रदेश सभा क मा पनि शुक्रवार कांग्र्रेसका प्रभात लामा विजयी भएका छन्। उनले ६ हजार नौ सय ७७ र उनका निकटतम प्रतिद्वन्दी एमाले रसुवाका अध्यक्ष कन्र्याल लामाले ५ हजार एकसय ५२ मत प्राप्त गरे। रसुवामा विजेताहरुको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरिसकेको छ। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार