• निर्वाचन समाचार
advertisement

गुल्मीमा वाम गठबन्धनको अग्रता

गंगा खड्का | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ५ गुल्मी


गुल्मी : गुल्मीमा पछिल्लो मतपरिणाम अनुसार वामगठबन्धनले अग्रता लिइरहेको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् भने चार वटा प्रदेशसभामा पनि गठबन्धननै अगाडि देखिएको छ ।

क्षेत्र नं १ मा एमालेका चर्चित नेता प्रदिप ज्ञवालीले १० हजार एक सय ६६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका युवा नेता चन्द्र भण्डारीले ८ हजार एक सय ५५ मत प्राप्त गरेका छन् । यो मत कुल १८ हजार ६ सय ४७ मत गणना भइसक्दाको परिणाम हो ।

त्यस्तै क्षेत्र नं दुईमा पनि एमालेका युवा नेता गोकर्ण विष्टले झण्डै दोब्बर मतकासाथ अगाडी छन् । विष्टले ११ हजार ६ सय ९० मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र केसीले ५ हजार ८ सय ३८ मत प्रात गरेका छन् । यो कुल १८ हजार ४ सय ३२ मत गणना भइसक्दाको परिणाम हो ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को क मा वाम गठबन्धनको तर्फबाट माओवादीका सुदर्शन बरालले ६ हजार ४ सय ८५ मत प्रात गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका पृथ्वी फौदारले ५ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । यो मत १२ हजार ७ सय २५ गणना भइसक्दाको हो । प्रदेश ख मा एमालेका कमलराज क्षेष्ठले ६ हजार ४ सय तीन मत प्राप्त गरेका छन् भने काग्रेसका धनेन्द्र कार्कीले ४ हजार ९ सय एक मत प्राप्त गरेका छन्  छ । 

क्षेत्र नं २ को क मा एमालेका खड्ग बहादुर खत्रीले १० हजार ४ सय ६१ मतका साथ अगाडी छन् भने प्रतिद्वन्द्वी कांग्रेसका शालिक पन्थीको ७ हजार ८ सय १७ मत प्राप्त गरेका छन्  । यो परिणाम १८ हजार ९ सय ८४ मत गणना भइसक्दाको हो । 

ख मा वाम गठबन्धनको तर्फबाट माओवादीका दिनेश पन्थीले १० हजार ४ सय २४ मत प्राप्त गरेका छन् भने काग्रेसका छन्द पहराई मगरले ५ हजार ८ सय २७ मत प्राप्त गरेका छन् । यो परिणाम १७ हजार २ सय ९० मत गणना भइसक्दाको हो । क्षेत्र नं १ मा कुल खसेको मत ७० हजार ६ सय ५० हो भने क्षेत्र नं दुईमा ५८ हजार ८९ मत खसेको थियो । 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार