• निर्वाचन समाचार
advertisement

रुकुममा जनार्दन शर्मा भारी मतले विजयी

महेश केसी | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ६ रुकुम (प्र. ६) निर्वाचन क्षेत्र - १


रुकुम :  रुकुम पश्चिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामगठबन्धनका  साझा उम्मेदवार जनार्दन शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् । उनले नेपाली कांग्रेसका गोपालजी जंग शाहलाई १८ हजार ७ सय ४३ मत बढी ल्याउँदै विजयी भएका हुन् । वामगठबन्धनका शर्माले ३४ हजार ४ सय २ मत ल्याउँदा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ मत ल्याए ।

पूर्व गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका शर्माले नेपाली कांग्रेसका शाहलाई दोस्रो पटक पराजित गरेका हुन् । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा साविकको सिंगो रुकुममा २ ओटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं। २ बाट शर्माले शाहलाई पराजित गरेका थिए ।

त्यसअघि भने २०४८ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शाहले शर्मालाई पराजित गरेका थिए । त्यतिबेला जनमोर्चाबाट चुनाव लडेका शर्मालाई नेपाली कांग्रेसबाट चुनाव लडेर शाह पराजित गरेका थिए 

तत्कालिन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु गरेपछि भने रुकुममा माओवादीको प्रभाव राम्रो छ । २०६४ र ०७० मा भएको संविधानसभा सदस्य निर्वाचन तथा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादी विजयी भएको थियो ।   

रुकुम पश्चिममै प्रतिनिधि सभा सदस्यमा नेकपा मालेका उम्मेदवार कलवहादुर नाथले ७ सय ८३, नयाँ शक्तिका शरुण बाँठाले ६ सय २४, संघीय समाजवादी फोरम नेपालका जगत चन्दले २ सय ५६ र राष्ट्रिय जनमोर्चाका खड्कसिंह खड्काले १ सय ९१ मत प्राप्त गरे ।

प्रतिनिधिसभामा ५५ हजार ३ सय ८५ मत खसेकामा ५१ हजार ९ सय ४५ मत सदर हुँदा ३ हजार ४ सय ७० मत बदर भयो । 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ६ समाचार