• निर्वाचन समाचार
advertisement

शंकर पोख्रेल  भारी मतले विजयी

गोपाल शर्मा | शनिबार, २३ मङि्सर २०७४


दाङ : वाम गठबन्धनको तर्फबाट ५ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा चित्रण गरिएका एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नं २ (क)को प्रदेश सभामा विजयी भएका छन् । पोख्रेलले आफना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेलाई झण्डै ९ हजार मतान्तरले जित निकालेका हुन् । २ (क) को मतगणनाको अन्तिम परिणाम अनुसार पोख्रेलले २० हजार ४ सय ९४ मत पाएका छन् भने कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरेले ११ हजार १ सय ६९ मत प्राप्त गरेका छन् । 

५१  हजार ७ सय मतदाता रहेका यस क्षेत्रमा ३५ हजार ५ सय ४२ मत खसेको थियो । दाङ २ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्न खोजेका पोख्रेल मुख्यमन्त्रीको पक्का भए पछि प्रदेशमा झरेर कृष्ण बहादुर महरालाई प्रतिनिधि सभाका लागि ठाउँ छोडिदिएका थिए । एमाले स्थायी समिति सदस्य रहेका पोख्रेल पाटीभित्र बौद्विक र तार्किक नेताको रुपमा चिनिन्छन् ।

अर्थशास्त्रबाट स्नाकोत्तर गरेका पोख्रेल यस अघि २०५१ सालमा पनि यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए भने २०७० सालको संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं ४ बाट काग्रेसका जिल्लास्तरीय नेता बुद्धिराम भण्डारीसँग हार बेहोरेका थिए । दाङ दुई नम्वर क्षेत्रका संघ र दुई वटै प्रदेशमा गठबन्धनका उम्मेदवारहरु भारी मतले अगाडी छन् । जिल्लामा ३ (क) बाहेक अन्य सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । 
जिल्लाको निर्वाचन क्षेत्र ३ (१)मा भने काग्रेस उम्मेदवार डिल्ली बहादुर चौधरीले अग्रता लिएका छन् । गठबन्धनका उम्मेदवार भन्दा अहिले सम्म आठ सय मतले चौधरी अघि देखिएका छन् । 

 को हुन् पोखेल 

विक्रम सम्वत २०१९ साल फागुन १५ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् । 

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलमा उदाहरणीय मानिन्छन् । भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा भूमिका खेलेका उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष हुन् । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेल अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी सम्हालेका थिए । 

२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाडौको मोर्चावाट आन्दोलनको नेतृत्व गरेका थिए । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए ।

माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव बनेका थिए । संविधानसभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्षका साथ उनले पार्टीमा राज्य पुनसंरचना सम्बन्धी लिखित दस्तावेज समेत प्रस्तुत गर्ने व्यक्ति हुन् । पहिलो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल दोस्रो संविधान सभाको निर्वाचनमा भने प्राविधिक भने संसदमा पुग्न सकेनन् । ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट ससदमा निर्वाचित भएका पोख्रेल उच्चस्तरको बैचारिक क्षमता र कुशलवक्ताको रुपमा रहेका छन् । 

त्रिभुवन विश्वविद्यालयबाट एमबीएतहको अध्ययन पुरा गरेका पोख्रेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्येका एक हुन् ।  हाल पार्टीमा पोखरेलले पार्टि स्कुल विभागको उपप्रमुखको जिम्मेवारी निर्वाह गरिरहेका छन् । विगतमा पार्टी सचिवको रुपमा काम गरिसकेका पोखरेलले सूचना तथा संचार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् ।

पटकपटक जेल र दर्जनौ पटक हिरासतमा बसेका राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरु मध्ये एक मानिन्छन् । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव छन् । उनहरुका दुई छोरी छन् । 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार