• निर्वाचन समाचार
advertisement

मतान्तर बढाउँदै प्यूठानमा वामगठवन्धन

केशर रोका | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ५ प्यूठान


प्यूठानमा मतगणना गर्दै कर्मचारी । तस्विर :  केशर रोका

प्यूठान :  प्यूठानमा शुरुवाती गणनादेखि वामगठवन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी राजमोकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल अघि देखिएकी छन् । 

शुरुवाती मतगणनामा पौडेल र उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रा.डा.गोविन्दराज पोख्रेलबीच ५१ मतको अन्तर थियो ।  शनिवार बिहान ९ बजेसम्म मतान्तर बढेर २ हजार एक सय १५ पुगेको छ । मतान्तर अझै बढ्नसक्ने अनुमान गरिएको छ । प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा वामगठवन्धन र लोकतान्त्रिक गठवन्धनबीच प्रतिस्पर्धा भएको छ । प्रदेशसभाका लागि दुवै निर्वाचन क्षेत्रमा वामगठवन्धन अगाडि छ ।
 
प्रदेश १ का लागि वामगठवन्धनबाट एमालेका निवर्तमान अध्यक्ष हरी रिजाल र लोकतान्त्रिकबाट कांग्रेसका क्षेत्रीय सभापति टेक प्रसाद भण्डारी उम्मेदवार बनेका छन् । प्रदेश २ का लागि वागगठवन्धनबाट माओवादी केन्द्रका जिल्ला संयोजक कृष्णध्वज खड्का र लोकतान्त्रिकबाट नेपाली कांगेसका जिल्ला सभापति अमंरप्रसाद भण्डारी प्रतिस्पर्धामा छन् । जिल्लाभर एक लाख ३८ हजार ६ सय ४१ मतदाता रहेका छन् । यसमध्ये ६५ दशमलव ३१ प्रतिशत मत खसेको छ । 

 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार