• निर्वाचन समाचार
advertisement

धादिङमा वाम गठबन्धनको जित, कांग्रेस शून्य

मनिष दुवाडी | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ३ धादिङ


विजयी उम्मेदवारहरू : भूमि त्रिपाठी, जगत सिंखडा, राजेन्द्र पाण्डे, खेम लोहनी, शालिकग्राम जम्कटेल र डा. रामकुमार अधिकारी।

धादिङ : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङका सबै क्षेत्र र प्रदेशमा वाम गठबन्धनले जित हासिल गरेको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत वाम गठबन्धनका उम्मेदवार भूमि त्रिपाठीले नेपाली कांग्रेसका उम्मेदवार विश्व अर्याललाई २७ हजार १ सय ५३ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन्। त्रिपाठीले ४९ हजार १ सय २१ मत पाए भने अर्यालले २१ हजार ९ सय ६८ मत पाएका छन्।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पनि वाम गठबन्धन अन्तर्गत नेकपा एमालेकै उम्मेदवार खेम लोहनी विजयी भएका छन्। निकै कडा प्रतिस्पर्धा भएको क्षेत्र नम्बर २ मा लोकतान्त्रिक नेपाली कांग्रेसका उम्मेदवार वर्तमान कानुन राज्यमन्त्री दिलमान पाख्रिनलाई जम्मा ६ सय ३९ मतले हराउँदै लोहनी विजयी भएका हुन्। लोहनीले ३६ हजार २ सय ५३ मत पाए भने पाख्रिनले ३५ हजार ६ सय १४ मत पाए।

क्षेत्र नमब्र १ अन्तर्गत प्रदेशसभा १ मा एमाले उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन्। कांग्रेसका उम्मेदवार मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ९६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन्। ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको दावेदार रहेका पाण्डेले २७ हजार ३ सय ३१ मत ल्याएका थिए भने श्रेष्ठले १३ हजार ६ सय ३५ मत पाएका छन्।

प्रदेशसभा २ मा माओवादी केन्द्रका शालिग्राम जम्कटेल विजयी भएका छन्। कांग्रेसका प्रभात किरण सुवेदीलाई १२ हजार ९ सय ७५ मतले पराजित गर्दै जम्कटेल विजयी भएका हुन्। जम्कटेलले २३ हजार ३ सय ८२ मत पाए भने सुवेदीले १० हजार ४ सय ७ मत पाएका छन्।

क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ मा वाम गठबन्धनका डा. रामुकमार अधिकारीले आफ्ना प्रतिस्पर्धी रमेश धमलालाई १३ सय ४८ मतले हराउँदै विजयी बने। निकै प्रतिस्पर्धा देखिएको यो क्षेत्रमा अधिकारीले २० हजार ३ सय ६३ मत पाए भने धमलाले १९ हजार १५ मत पाए।

प्रदेश सभा २ मा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका छन्। वाम गठबन्धनको समर्थनमा जगतले १७ हजार ६ सय ५ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धीमा लोकतान्त्रिक गठबन्धन अन्तर्गत राप्रपाका डम्बर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन्। तामाङको भन्दा सिंखडाले १८ सय ३१ मत बढी ल्याएका छन भने उनको क्षेत्रमा २२ सय २८ मत बदर भएको थियो।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार