• निर्वाचन समाचार
advertisement

भोजपुरमा शेरधन राई विजयी

प्रदीपचन्द्र राई | शनिबार, २३ मङि्सर २०७४

प्रदेश १ भोजपुर


भोजपुर। बिहीबार साँझदेखि सुरु भोजपुरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रदेशसभातर्फ भोजपुर (ख) मा वामगठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एमालेका वैकल्पिक पोलिट्व्यूरो सदस्य एवम् पूर्वमन्त्री शेरधन राई ठूलो मतान्तरले विजयी भएका छन्। उनी २० हजार ३ सय ३४ मत ल्याउँदै विजयी भएका हुन्।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द बहादुर कार्कीलाई १३ हजार २ सय २९ मत अन्तरले पराजित गरेका हुन। कार्कीले कुल ७ हजार १ सय पाँच मत ल्याउँदा तेश्रो स्थानमा पछ्याईरहेका नेकपा मालेका उम्मेदवार यादव कुमार पाण्डेले सात सय ८९ मत ल्याएका थिए।

मुख्यमन्त्रीका दाबेदार बनेका राईले विजयी घोषणापश्चात अबको सरकारबाट भोजपुरको समग्र विकासको लागि सरिक रहने बताए। उनले आफूलाई अमूल्य मत दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिँदै आभारी प्रकट गरे।

उनले भने, ‘मलाई भारी मतले विजयी गराउनुहुने सम्पूर्ण भोजपुरबासी जनताप्रति आभारी छु । मेरो अबको काम भनेको भोजपुरको समग्र विकास र समृद्धि गर्ने हो।’ भोजपुरको सडक, विजुली र स्वच्छ खानेपानीलाई प्राथमिकता राख्दै रोजगारीको सुनिश्चिता गर्ने आफ्नो प्रमुख काम रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार