• निर्वाचन समाचार
advertisement

प्रचार सामग्रीमा विभत्स तस्बिर

सन्तोष यादव | शनिबार, ०९ मङि्सर २०७४

प्रदेश २ सिराहा निर्वाचन क्षेत्र - ३


विभत्स तस्बिरसहितको प्रचार सामग्री। तस्बिरः सन्तोष यादव

सिरहा : मतदाता फकाउन कतै पैसाको लोभ, त कतै विकासका ठूला ठूला सपना। तर सिरहामा संघीय समाजवादी फोरमका उम्मेदवारहरूले भने नयाँ जुक्ति निकालेका छन्। मधेस आन्दोलनका बेला प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्तिहरूको विभत्स दृष्य देखाएर फोरम उम्मेदवारहरू मत मागिरहेका छन्।

सिरहा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका फोरम नेता असेश्वर यादव र प्रदेशसभा ३ (ख) का फोरम उम्मेदवार मनोरञ्जन गोइतले आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको विभत्स दृष्य देखाएर मत मागिररहेका हुन्। उनीहरूले घरदैलो गर्दा पनि त्यस्ता विभत्स तस्बिरहरू अगाडि राखेर हिँड्छन्। अहिले दक्षिणवर्ती हरेक गाउँमा विभत्स तस्बिर राखेका तुल तथा ब्यानरहरू छ्यापछ्याप्ती देखिन्छ।

प्रतिनिधिसभा उम्मेदवार यादव राप्रपाबाट फोरम प्रवेश गरी उम्मेदवार बनेका हुन्। दोस्रो संविधानसभा चुनावमा राप्रपाबाट चुनाव लडेका उनी अहिले मधेस आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको तस्बिर देखाएर मत तान्ने प्रयासमा छन्।

यादव भन्छन्, 'खस बाहुनहरूले मधेसीलाई गोली हानेर हत्या गर्‍यो। त्यसैले खस बाहुनलाई मतदान गर्नुहुँदैन भनेर सन्देश दिन सहिदहरूको तस्बिर ब्यानरमा राखेका छौं।’ विभत्स तस्बिर तुल ब्यानरमा राख्न मिल्छ? भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘तपाईँ अनुगमनकर्ता हो? बेकारको कुरा नगर्नुस्।’

तुल तथा ब्यानरमा विभत्स तस्बिर राख्न मिल्छ/मिल्दैन भन्नेमा आचारसंहिता अनुगमन अधिकारीहरू नै अन्यौलमा छन्। आचारसंहिता अनुगमन अधिकृत शंकरलाल कर्णले विभत्स दृष्य प्रचार ब्यानरमा राख्न मिल्ने वा नमिल्ने कुरा हेरेर भन्ने बताए। ‘विभत्स दृष्यहरू राख्न त मिल्दैन होला। म आचारसंहिता पुस्तक हेर्छु। यदि मिल्दैन भने त्यस्ता ब्यानगरहरूमा रोक लगाउँछौं। गाउँघरमा राखेको ब्यानरहरू हटाउछौं।’

मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले मधेस आन्दोलनलाई सम्झना दिलाउन सहिदहरूको विभत्स दृष्य राखेको हुन सक्ने बताए। उनले भने, ‘विभत्स दृष्यहरू प्रसार ब्यानरमा राख्न मिल्ने वा नमिल्ने कुरा आचारसंहितामा उल्लेख छैन। तर म यसबारे बुझ्छु।’ उनले तस्बिरको सन्देश नकारात्मक भएमा हटाउन लगाउने बताए।

फोरमका अन्य क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभाका कुनै पनि उम्मेदवारले मधेस आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको विभत्स दृष्य प्रचार सामग्रीमा राखेका छैन। प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का उम्मेदवार मनोजकुमार सिंहले भने त्यस्तो विभत्स दृष्य प्रसार सामग्रीमा राखेका छैनन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार