• निर्वाचन समाचार
advertisement

तनहुँमा रामचन्द्र पौडेल तीन हजार मतले पछाडि : पछिल्लो मत परिणाम

पवन पौडेल | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ४ तनहुँ


दमौली : तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वाम गठबन्धनका किसान श्रेष्ठ भन्दा तीन हजार बढी मतले पछाडि परेका छन् ।

६७ हजार ७ सय ९९ मध्ये ३१ हजार ७७ मत गणना हुँदा पौडेल ३ हजार १ सय ६० मतले पछि परेका हुन् । पौडेलले १२ हजार ६ सय ६४ मत पाउँदा उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार श्रेष्ठले १५ हजार ८ सय २४ मत पाएका छन् । काङ्ग्रेसको प्रभाव क्षेत्रको समेत मतगणना भएकाले आम मतदातामा यसले अनौठो नतिजा दिएको छ ।

मतगणनाको सुरुदेखि नै एमालेका तर्फबाट वाम गठबन्धन उम्मेदवार श्रेष्ठले अग्रता लिइरहेका छन् । काङ्ग्रेसको प्रभावक्षेत्र व्यास नपासँगै वाम र कांग्रेसको बराबरी रहेको देवघाट, बन्दीपुर र भानुको मत पालैपालो गणना भइराखेको छ ।

क्षेत्र १ अन्तर्गतको प्रदेश सभामा पनि वाम उम्मेदवारको अग्रता छ । प्रदेस १ (क) मा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई एमालेका रामबहादुर गुरुङभन्दा केही मतले पछाडि छन् । उता क्षेत्र २ मा काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी एमालेका प्रतिनिधिसभा उम्मेदवार केदार सिग्देलसँग पछाडि छन् ।

प्रदेस २ (ख) मा भने कांग्रेस उम्मेदवार ध्रुव वाग्लेले एमाले प्रदेस इन्चार्ज किरण गुरुङमाथि केही सय मतले अग्रता लिएरहेका छन् । प्रदेस २ (क) मा भने माओवादी नेतृ आशा कोइराला र कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा छ । ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

प्रदेश ४ समाचार