• निर्वाचन समाचार
advertisement

बैतडीका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी

भगीरथ अवस्थी | शनिबार, २३ मङि्सर २०७४


बैतडीमा विजयी उम्मेद्वार दामोदर भण्डारी, प्रेमप्रकाश भट्ट र लीलाधर भट्ट। तस्बिर : अन्नपूर्ण

बैतडी : प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा तीनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभामा एमालेका दामोदर भण्डारी ३९ हजार पाँच सय २४ मतसहित विजयी भएका छन्। भण्डारी २०७० सालको निर्वाचनमा पनि बैतडी क्षेत्र १ बाट विजयी भएका थिए। उनी केपी ओली प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री थिए।

भण्डारीका निकटतम प्रतिस्पर्धी कांग्रेसका नरबहादुर चन्दले २८ हजार दुई सय ९१ मत प्राप्त गरे । चन्द पनि २०७० को निर्वाचनमा बैतडी क्षेत्र २ बाट निर्वाचित भएका थिए। ७६ हजार १७६ मत खसेकोमा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

यस्तै प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट १८ हजार ९३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गरे। भट्टले भण्डारीलाई दुई हजार ९६७ मतले पराजित गरेका हुन्। प्रदेशसभा सदस्यमा विजयी भएका भट्ट माओवादी युद्धकालमा भूमीगत थिए।

प्रदेशसभा ख मा पनि वाम गठबन्धनका उम्मेद्वार लिलाधर भट्ट विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार राप्रपा गणेश चन्दले १५ हजार २४७ मत प्राप्त गरे। भट्टले चन्दलाई ५ हजार ७१ मतले पराजित गरेका हुन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार