• निर्वाचन समाचार
advertisement

सुरु भयो धनुषा ४ को मतगणना

मनिका झा | शनिबार, २३ मङि्सर २०७४

प्रदेश २ धनुषा


जनकपुरधाम : मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि स्थगीत भएको धनुषा प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ।

जिल्ला शिक्षा कार्यालय शैक्षिक तालिम केन्द्रमा जारी क्षेत्र नम्बर १, २ र ४ को मतगणनाको क्रममा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको हो। 

जनकपुर उपमहानगरपालिका १९ को मतदान केन्द्रको मतपत्रमा अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद उत्पन्न भएको थियो। निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्रलाई बदर गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो। 

क्षेत्र नम्बर ४ बाट फोरमका महाजन यादव, नेपाली कांग्रेसका महेन्द्र यादव र वाम गठबन्धनका रघुवीर  महासेठबीच चुनावी प्रतिस्पर्धा रहेको छ। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार