• निर्वाचन समाचार
advertisement

निर्वाचित भएपछि पाण्डेले भने, ‘३ नम्वर प्रदेशको मुख्य मन्त्री मै हुँ'

मनिष दुवाडी | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ३ धादिङ निर्वाचन क्षेत्र - १


धादिङ  : धादिङको क्षेत्र नं १ को प्रदेश सभा १ बाट विजयी भएका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ३ नम्वर प्रदेशको मुख्य मन्त्रीको पद अब आफूले सम्हाल्ने बताएका छन्।  निर्वाचित भएपछि अन्नपुर्णसँग छोटो कुराकानीका क्रममा पाण्डेले मुख्यमन्त्री चलाउन पाको, अनुभवी र सक्षम व्यक्ति नै आवश्यक पर्ने भएकाले पार्टीले नै आफूलाई अघि सारेको बताए। 

उनले भने, ‘मैले विगतका चारवटा संसदीय निर्वाचनमा विजयी भएर पार्टीको विभिन्न पद र संसदमा लामो अनुभव बटुलेको छु, पहिलो पटक चयन हुने मुख्य मन्त्रीमा पनि अनुभवी मान्छेहरु अघि सर्नुपर्छ भन्ने पार्टीबाटै कुरा आएपछि म प्रदेश सभामा आएको हुँ।'

नाम नतोकेपनि एमालेका अन्य केन्द्रीय नेताहरुले पनि मुख्यमन्त्रीको टिकट दावी गरिरहेको हल्ला निराधार रहेको बताउदै पाण्डले भने, ‘अहिले प्रचारमा ल्याइएको जस्तो नेकपा एमालेका अन्य नेताहरुले ३ नम्वर प्रदेशको मुख्यमन्त्री दावी गरेका छैनन्, जजस्को नाममा हल्ला चलाइएको छ, उनीहरुकै प्रस्ताव र सल्लाहमा म प्रदेश सभामा आएको हुँ।'

पाण्डेले पार्टीले नै अगाडि सारेको कुरा गरिरहदाँ धादिङ जिल्लाको स्थानीय कमिटीले भने पाण्डेलाई प्रदेश सभामा उम्मेद्वार नै सिफारिस गरेको थिएन। प्रतिनिधिसभाकै चुनाव लड्ने मनस्थिति बनाएर टिकट दावी गरिरहँदा गुटका कारण प्रतिनिधिसभाको टिकट नपाउने निश्चि प्रायः भएपछि केन्द्रीय तहको हस्तक्षेपबाटै स्थानीय तहबाट सिफारिस भएका नेत्र पौडेललाई जिल्लाउँदै पाण्डेले प्रदेश सभाको टिकट हत्याएका थिए।

नेकपा एमालेको बाहुल्यता रहेको क्षेत्रबाट प्रदेशको टिकट लिएपछि उनलाई मुख्यमन्त्रीको दावेदारको रुपमा प्रचार गरिदै आएको छ। यद्यपि, नेकपा एमालेबाट ३ नम्वर प्रदेशको मुख्यमन्त्रीको रुपमा अन्य जिल्लाका नेताहरुले पनि दावी गरिरहेकै छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार