• निर्वाचन समाचार
advertisement

मतपत्र घटेपछि प्रदेशसभा सिरहा १(क) को मतगणना स्थगित

सन्तोष यादव | शनिबार, २३ मङि्सर २०७४

प्रदेश २ सिराहा


सिरहा : सिरहाको निर्वाचन १ को प्रदेशसभा १(क) को मतगणना स्थगित भएको छ। मतगणना गर्ने क्रममा खसेको मतमध्ये ५६ मतपत्र मतपेटिकामा नभेटिएपछि नेपाली कांग्रेसका प्रतिनिधिले विरोध गरेपछि दिउँसो ३ बजेबाट मतगणना स्थगित भएको हो।

प्रदेशसभा १(क) का निर्वाचन अधिकृत महेश खनालका अनुसार लहान नगरपालिका १२ को एक मतदान केन्द्रमा खसेको मतभन्दा ५६ मत पेटिकामा कम भेटिएको छ। मुचुक्लका अनुसारको मतपत्र मतपेटिकामा नभेटिएपछि कांग्रेस प्रतिनिधिले विरोध गर्दा गणना स्थगित गरिएको हो।

निर्वाचन अधिकृत खनालले मुचुल्कामा लेख्न गल्ती भएको हुनसक्ने वा सामानुपातिक मतपेटिकामा पनि मतदाताले झुक्किएर खसाएको हुनसक्ने बताए। उनले विवाद मिलाउन छलफल भइरहेको पनि जानकारी दिए। उनले भने, दलका प्रतिनिधिहरुसँग छलफल जारी राखेका छौं।

सो प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि नेपाली कांग्रेसबाट सन्तोष चौधरी र वाम गठबन्धनका लगनलाल चौधरीबीच कडा प्रतिस्पर्धा भइरहेको छ। प्रारम्भिक मतपरिणामअनुसार वाम उम्मेदवार तथा नेकपा एमाले नेता लगनलालले ५ हजार ६८२ मत ल्याएर अगाडी छन्। उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार सन्तोषले ४ हजार ९५५ मत प्राप्त गरेका छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार