• निर्वाचन समाचार
advertisement

मोरङका सबै क्षेत्रको नतिजा सार्वजनिक : एक कांग्रेस बाँकी सबै वाम

मिलन/किशोर बुढाथोकी | शनिबार, २३ मङि्सर २०७४

प्रदेश १ मोरंग


तस्बिर : बासु पौडेल

विराटनगर : मोरङका सबै क्षेत्रका प्रतिनिधि सभा सदस्यको अन्तिम नतिजा सार्वजनिक भएको छ। पछिल्लो पटक सार्वजनिक भएको मोरङ क्षेत्र नम्बर ५ मा माओवादी नेता शिवकुमार मण्डल विजयी बनेका छन्। मण्डलले २२ हजार ९ सय ४५ मत प्राप्त गरे भने कांग्रेसका अमृत अर्यालले १९ हजार १ सय ५३ मत प्राप्त गरे। 

कांग्रेसले ६ क्षेत्र मध्ये एक स्थानमा मात्र जीत निकाल्न सक्यो। क्षेत्र नम्बर २ मा कांग्रेसका मिनेन्द्र रिजालले एमालेका ऋषिकेश पोख्रेललाई पराजित गरे। त्यस्तै मोरङ १ मा एमालेका घनश्याम खतिवडाले कांग्रेस जिल्ला सभापति समेत रहेका डिगबहादुर लिम्बुलाई पराजित गरे भने क्षेत्र ३ मा एमाले नेता भानुुभक्त ढकालले कांग्रेस उम्मेदवार सुनिलकुमार शर्मालाई पराजित भए। 

त्यस्तै मोरङ ४ मा माओवादीका अमनलाल मोदीले कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मत अन्तरले पराजित गरे। कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको जिल्लामा ४ लाख ६८ हजार ३ सय २७ मत खसेको थियो। 

प्रतिनिधि सभा सदस्यको मत गणना सकिएको मोरङमा प्रदेश सभाका मत धमाधम गनिँदैछ। आइबार साँझसम्ममा प्रदेश सभाका सबै सिटको अन्तिम नजिता सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

nepal_election_news

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी

टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

nepal_election_news

पर्वत समानुपातिकमा एमाले पहिलो दल

पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

nepal_election_news

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...

प्रदेश १ समाचार