• निर्वाचन समाचार
advertisement

भोजपुर प्रदेशसभाको दुवै क्षेत्रमा वाम विजयी

प्रदीपचन्द्र राई | शनिबार, २३ मङि्सर २०७४


भोजपुर : बिहिबार साँझ ५ बजेदेखि सुरु भोजपुरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रदेशसभातर्फ भोजपुरको क्षेत्र नं (क) र (ख) दुवैमा वाम गठबन्धन विजयी भएको छ। विजयी हुने वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री शेरधन राई र अर्का नेकपा एमालेका युवा नेता राजेन्द्र कुमार राई भारी मतले विजयी भएका हुन्।

भोजपुर (क) मा वाम गठबन्धनका राजेद्रकुमार राईले कुल १९ हजार २ सय ९७ मत र भोजपुर (ख) मा वामगठबन्धनकै शेरधन राईले कुल २० हजार ३ सय ३४ मत ल्याउँदै विजयी भएका हुन्। राजेन्द्रले आफ्ना निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका अजम्बर राई काङमाङलाई ७ हजार ७ सय ५६ मतको फराकिलो मतान्तरले पछि पार्दै जित हाँसिल गरेका हुन् भने भोजपुर (ख) मा शेरधनले आफ्ना निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीलाई १३ हजार २ सय २९ मतको भारी अन्तर पराजित गर्दै विजयी भएका हुन्।

भोजपुर (क) मा राजेन्द्रलाई पछ्याउने क्रममा अजम्बर राईले कुल ११ हजार ५ सय ४१ मत ल्याउँदा भोजपुर (ख)मा शेरधन पछाडी गोविन्द कार्कीले कुल ७ हजार १ सय पाँच मत ल्याएका थिए। भोजपुरको दुवै क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा भइरहँदा नेकपा माले तेश्रो स्थानमा आएको छ। तेश्रो स्थानमा आउने नेकपा मालेका तर्फबाट भोजपुर (क)मा पर्शुराम राईले कुल ७ सय ४८ मत ल्याउँदा भोजपुर (ख)मा नेकपा मालेकै यादव कुमार पाण्डेले कुल सात सय ८९ मत ल्याएका थिए।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार