• निर्वाचन समाचार
advertisement

नयाँ इतिहास : मकवानपुर २ प्रदेशसभा ख मा कांग्रेस निर्वाचित

कृष्ण सारू मगर | शनिबार, २३ मङि्सर २०७४


मकवानपुर : २०१५ सालको आम निर्वाचनमा विश्वबन्धु थापाले पूर्वी चितवन र मकवानपुर समेटिएको ५१ नम्बर क्षेत्रबाट निर्वाचन जितेपछि पाँच दशकमा एउटा पुस्ताले नै मकवानपुरमा त्याग र समर्पणको राजनीति गर्नुपर्‍यो। 

कांग्रेस मकवानपुरका जिल्ला सदस्य रहेका इन्द्र बानियाँले ५५ वर्षपछि मकवानपुर १ मा २०७० को निर्वाचनमा काँग्रेसको पुनः बिउ रोप्न सफल भएका थिए।  कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले वामपन्थीको गढ मानिएको मकवानपुरमा यस पटक पनि कांग्रेसलाई क्लिन स्विप हुनबाट जोगायो। 

मकवानपुर २ (ख) बाट उनी वामपन्थी गठबन्धनका राजाराम स्याङ्तानलाई १४ सय ११ मतले हराउँदै प्रदेस सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले १९ हजार २ सय ४५  मत र स्याङ्तानले १७ हजार ८ सय ३४ मत प्राप्त गरे। यी क्षेत्रमा ४० हजार ३ सय १२ मत खसेक थियो ।

स्याङ्तान मकवानपुर २ (ख) अन्तर्गत साविक मकवानपुर ४ बाट सांसद निर्वाचित भएका थिए। प्रतिनिधिसभा सांसदबाट प्रदेससभामा प्रतिस्पर्धा गरेकोमा बानियाँ बाजी मार्न सफल भएका हुन्। जितपछि प्रतिक्रिया दिँदै पूर्व गृह राज्यमन्त्री समेत रहेका बानियाँले भने, ‘मैले पूर्वी मकवानपुरमा थालेको विकासको लहड पश्चिमी बिकट चेपाङ र तामाङ बस्तीसम्म फैल्याउनेछु ।’

२०४६ सालमा मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति हुँदै विजयीको टिका लगाएका ४७ वर्षीय बानिँयाले २०७० र २०७४ मा पनि मकवानपुर बहुमुखी क्याम्पसबाटै विजयी यात्रा निकाल्ने अवसर पाएका छन्।  प्रमाणपत्र तहसम्म अध्यनन गरेका बानियाँ सांसद सँगै सफल व्यवसायी पनि हुन् ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार