• निर्वाचन समाचार
advertisement

मकवानपुर २ प्रदेशसभा (ख) मा ७० वर्षीय डोरमणि पौडेल विजयी

कृष्णसारु मगर | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ३ मकवानपुर निर्वाचन क्षेत्र - २


हेटौंडा : मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (ख)का उम्मेदवार डोरमणि पौडेल विजयी भएका छन्। लोकतान्त्रिक गठबन्धनका अशोक शाक्यलाई चार हजार एक सय २२ मतले पछि पार्दै वाम गठबन्धनका उम्मेदवार पौडेल विजयी भएका हुन्। पौडेलले २० हजार ७ सय ३ मत प्राप्त गरे भने शाक्यले १६ हजार ५ सय ८१ मत ल्याएका छन्। 
हेटौंडाको विकासका योजनाकार पौडेल २०६४ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए। एक दशक मेयर रहेर काम गरेका उनलाई पाँच वर्ष यसै क्षेत्रको विकासमा जुट्ने अवसर मिलेको छ। ‘मसँग हेटौंडा र यससँग जोडिएको मेरो क्षेत्रको विकासको स्पष्ट खाका छ’,उनले विजयी भएपछि प्रतिक्रिया दिए, ‘हेटौंडा अब एउटा व्यवस्थित विकासको खाकामा अघि बढ्छ ।’ 

७० वर्षीय पौडेल ३८ वर्षदेखि राजनीतिमा सक्रिय छन्। २०५४ सालदेखि निरन्तर नेपाल नगरपालिका संघका अध्यक्ष रहेका उनी  राजनीतिक मुद्धामा चार पटक कैद सजाय र १८ पटक प्रहरी हिरासतमा परेका छन् ।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार