• निर्वाचन समाचार
advertisement

स्याङ्जामा आइतबारदेखि मतगणना गर्ने सहमति

भवानी अधिकारी | शनिबार, २३ मङि्सर २०७४


शनिबार साँझ स्याङ्जामा बसेको सर्वदलीय बैठक। तस्बिर : भवानी अधिकारी

स्याङ्जा : बिहीबार सम्पन्न प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचन मतगणना सम्बन्धी शनिबार साँझ बसेको सर्वदलीय बैठकले आइतबारदेखि मतगणना गर्ने सहमति गरेको छ। दलबीच सहमति जुटेपछि स्याङ्जामा ४ दिनपछि मात्र मतगणना हुने भएको हो। 

निर्वाचन आयोग, निर्वाचन कार्यालय र उम्मेदवारसहितको सर्वदलीय बैठक बसेर आइतबार बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति भएको हो। सर्वदलीय एवं सर्वपक्षीय सहमती अनुसार आइतबार बिहान पनि पुन: एकपटक बैठकबसी मतगणनाका बारेमा विस्तृत छलफल गर्ने सहमति भएको छ। 

यसैबीच,  स्याङ्जामा स्थगित मतगणना कार्य सुरु गर्न निर्वाचन आयोगद्धारा शनिबार पत्र प्राप्त भएको थियो। प्रतिनिधिसभा सदस्य क्षेत्र २ अन्र्तगतका विभिन्न मतदान केन्द्रमा मतदान हुदा बुथ कब्जागरी एकलौटी मतदान कार्य गरेकोले त्यस्ता मतदान केन्द्रको मतदान बदरगरी पुनः मतदान गरिपाऊँ भनी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचन कार्यालयमा निवेदन परेको थियो। सोही निवेदनका आधारमा मतदान कार्य समाप्त भई रितपूर्वक मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेको अवस्थामा आवश्यक सुरक्षा व्यवस्था मिलाई तत्काल मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन अधिकृत र आवश्य सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई आयोगको निर्देशन छ। 

पत्र प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीको सक्रियतामा सर्वदलीय बैठक बोलाएर मतगणना गर्ने वातावरण तयार भएको हो। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

अब समृद्धितर्फ लाग्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन्। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा बिहीबारदेखि...

nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा  दुवैमा नेकपा...

समाचार