महिला लडाकुको संसदमा ह्याट्रिक
कृष्ण सारु मगर | शनिबार, २३ मङि्सर २०७४

हेटौंडा : १६ वर्षको उमेरमा सशस्त्र युद्धमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन्। वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार मोक्तान मकवानपुर २ प्रदेशसभा (क) मा निर्वाचित भएकी हुन्। मोक्तानले लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटालाई १३ हजार ८९ मतको फराकिलो अन्तरले हराएकी हुन्।
उनले २७ हजार २ सय ४३ र कांग्रेसका उम्मेदवार सापकोटाले १४ हजार १ सय ५४ मत प्राप्त गरेका थिए। तत्कालीन नेकपा माओवादी शान्ति सम्झौतामार्फत् संसदीय राजनीतिमा आएपछि उनी २०६३ सालमा संसद सदस्य मनोनित भएकी थिइन्।
२०६४ सालमा मकवानपुर ४ बाट सांसद निर्वाचित मोक्तान नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज हुन्। जितपछि प्रतिक्रिया दिँदै मोक्तानले यो जित आफ्नो नभई २ नम्बरबासीको भएको बताइन्। ‘मेरो पाँच वर्ष यसै क्षेत्रको विकास र समृद्धिमा खर्च गर्नेछु’, मोक्तानले भनिन्, ‘जनतासँग गरेको बाचा पुरा गर्नेछु ।’
तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरे लगत्तै उनी विद्यालय शिक्षा छाडेर युद्धमा होमिएकी थिइन्। उनी मकवानपुरकी जुझारु महिला नेतृ हुन्।
कमेन्ट गर्नुहोस्
अन्य समाचार

दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित
पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...