• निर्वाचन समाचार
advertisement

स्थगित मथुरा नन्दराम आधारभूत केन्द्रमा मतदान

प्रेमनारायण आचार्य | शनिबार, २३ मङि्सर २०७४

प्रदेश ५ अर्घाखाँची


सन्धिखर्क : मंसिर २१ गते स्थगित मथुरा नन्दराम आधारभूत विद्यालयमा उत्साहका साथ मतदान भएको छ। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ५  मा रहेको ‘क’ र ‘ख’ दुवै मतदान केन्द्रमा शनिबार पुनः मतदान भएको हो। 

बिहीबार निर्वाचन अधिकृतको हस्ताक्षर विनाको मत पत्रमा मतदान गरेको भन्दै बिहीबार मतपत्र जालाउनुका साथै मतपेटिका समेत फालिएको सो मतदान स्थलमा उत्साहका साथ मतदान भयो। 
यी दुई केन्द्रमा गरी २ हजार ४४ मतदाता रहेको ‘क’ र ‘ख’ मा गरी ६५४ र ६१८ गरी १२७२ मत खसेको मतदान केन्द्र ‘क’ का मतदान अधिकृत लिलबहादुर राउत क्षेत्रीले जानकारी दिए। 

निर्वाचन सम्पन्न गर्नका लागि मतदान केन्द्र ‘क’ मा जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत र ‘ख’ मा सिचाई कार्यालय प्रमुख टंकबहादुर केसी मतदान अधिकृत रहेका थिए।  बिहीबार ‘ख’ का मतदान अधिकृत (शिक्षक) सुरेन्द्रराज अधिकारीले मतदातालाई हस्ताक्षर नगरी मतपत्र दिएका थिए। 

मथुरामा भएको चुनावमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरीक्षक एकनारायण कोइराला पनी मतदान स्थलमा थिए। 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

nepal_election_news

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित

पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

प्रदेश ५ समाचार