• निर्वाचन समाचार
advertisement

पूर्व डीआईजी नवराज सिलवाल विजयी


विजय भएपछि कार्यकर्ता र शुभचिन्तकसँग नवराज सिलवाल । तस्बिर : सुनिता डंगोल

काठमाडौं : पूर्व डीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणालाई ६ हजार २ सय २२ मतले पछि पार्दै सिलवाल निर्वाचित भएका हुन्। सिलवाल २६ हजार ९ सय ५१ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी राणाले २० हजार सात सय २९ मत प्राप्त गरेका छन्। 

पूर्व डीआईजी सिलवाल प्रहरी बढुवामा असन्तुष्ट भएको केही महिनामै माननीय बनेका हुन्। नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा सिफारिसमा असन्तुष्ट भएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। 

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मर्यादाक्रममा पहिलो नम्बरमा रहे पनि आफूलाई आईजीपी नबनाएको भन्दै सर्वोच्च पुगेका सिलवाल आफूले न्याय नपाएको भन्दै राजनीतिमा प्रवेश गरेका थिए। 
 

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार