• निर्वाचन समाचार
advertisement

महन्थ ठाकुरको क्षेत्रमा पुन मतदानको माग, गणना अवरुद्ध

राजकरण महतो | शनिबार, २३ मङि्सर २०७४

प्रदेश २ महोत्तरी


मतदानको पुनः माग गर्दै पत्रकार सम्मेलनमा वाम गठबन्धसहित दलका नेता। तस्बिर : राजकरण महतो

जलेश्वर : बुथ कब्जा गरेर मतदान गराएको भन्दै महोत्तरीको क्षेत्र नम्बर ३ को पिपरा गाउँपालिकाको एकरहिया र खैरवामा राजपा नेपाल बाहेकका दलहरुले चार वटा मतदान स्थलको फेरि मतदान गर्नु पर्ने माग गरेका छन्। वाम गठबन्धन, नेपाली कांग्रेस, नयाँ शक्तिले पिपरा गाउँपालिकाको वडा नम्बर १ स्थित निमावी एकरहियाको मतदान केन्द्र (क) र (ख) तथा मावि खैरवाको मतदान केन्द्र (क) र (ख) मा फेरि मतदानको माग गरिएको हो। यहाँबाट राजपा नेपालका केन्द्रीय अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर चुनाव लडेका छन्।

‘प्रतिनिधि र प्रदेशसभाको चुनावी प्रक्रिया धाँधली तथा हातहतियार देखाएर बुथ कब्जा गरेर गराइयो,’दलहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ। खसेको मतपत्र भन्दा बढी मत पत्र भेटिनु र मत पत्रमा मतदान अधिकृतको सही नभएको भन्दै राजपा बाहेकका अन्य सबै दलले पुन मतदान गराउनु पर्ने माग गर्दै क्षेत्र नम्बर ३ प्रदेश सभा (क) को मतगणा अवरुद्ध पारेका छन्।

वाम गठबन्धन, नेपाली कांग्रेस, नयाँ शक्ति नेपाल तथा स्वतन्त्रण उमेदवारले पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगसँग स्वच्छ, निष्पक्ष रुपमा पुनः मतदान गराउन माग गरेका छन्। ती दलले फेरी मतदान गराउन माग गर्दै महोत्तरीको मुख्य निर्वाचन कार्यालयमा निवेदन समेत दिएका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ प्रदेश सभा (क) बाट वाम गठबन्धनको तर्फबाट उमेदवारी दिएका राम आधार कापरले एक लौटी रुपमा निर्वाचनमा खटिएका कर्मचारी, प्रहरी प्रशासनको मिलोमतोमा मतदान गराएको आरोप लगाए। ‘महोत्तरी जिल्लामा ६५ प्रतिशत मतदान भयो तर, पिपरा र खैरवामा ८० प्रतिशत भन्दा बढी मतदान भएको देखिन्छ। जुन गाउँका धेरै मतदाताहरु बाहिर छन्, त्यहाँ कसरी सबै भन्दा बढी मतदाना भयो,’ उनले भने, ‘मतदान अधिकृतको सही नगरेको मत पत्र पनि भेटिएको छ।’

यता मुख्य निर्वाचन कार्यालय महोत्तरीले मतदानको दिन कुनै अप्रिय घटना जानकारी प्राप्त नभएको जनाएको छ। रितपूर्वक मतदान कार्य पुरा भई मतपेटीका सुरक्षित साथ प्राप्त भएको अवस्था रहेको निर्वाचन कार्यालयले भनेको छ। ‘खसेका मतपत्र मध्य मतदान अधिकृतको हस्तक्षर नभएको मतपत्र स्वतः बदर हुने कानुनी अवस्था छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारीको सूचनामा उल्लेख भनिएको छ, ‘मत गणनाको प्रक्रिया सुरु गर्न कुनै कठिनाइ छैन ।’

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार