• निर्वाचन समाचार
advertisement

सहरकै मतदाता भोट हाल्न जाँदैनन्

ईश्वरकाजी खाइजू | आइतबार, १० मङि्सर २०७४

प्रदेश ३ भक्तपुर


भक्तपुर :भक्तपुर सदरमुकामबाट पाँच किलोमिटरभित्रका क्षेत्रमा समेत मतदाता शिक्षा स्वयंसेवक पुगेका छैनन्। नयाँ नगरपालिका क्षेत्रका अधिकांश नागरिक मतपत्र र मतदानबारे अन्योलमा छन्।ज्येष्ठ नागरिक तथा महिलाले प्रतिनिधिसभा र प्रदेशसभाका कतिवटा र कस्तो मतपत्र हुने भन्नेबारे जानकारी नै नभएको सुनाए। ‘अहिलेको चुनावमा पनि सातवटा छाप लगाउने होइन र ? ', चाँगुनारायण नपा-३ की ६१ वर्षीया मंगली थापाले भनिन्, ‘माला लगाएर आउने उम्मेदवार पनि धेरै छन्।'

उनले आफूलाई अहिलेसम्म कसैले पनि मतपत्र र मतदान गर्ने प्रक्रियाबारे जानकारी नदिएको बताइन्। उनका अनुसार स्थानीय तहको निर्वाचनमा भने धेरै दिनअगाडि नै मतपत्र र मतदान गर्नेबारे शिक्षा दिन घरसम्म स्वयंसेवक आएका थिए। चाँगुनारायण-५ का ६० वर्षीय शंखबहादुर थापाले पनि अहिलेको चुनावमा कतिवटा मतपत्र हुन्छ थाहा नभएको सुनाए। उनीकहाँ पनि मतदाता शिक्षा दिने कोही नआइपुगेको उनको भनाइ थियो। ‘चिया पसलतिर चारवटा छाप हान्नुपर्छ भन्नेचाहिँ सुनेको छु', उनले भने, ‘प्रचारमा आउँदा धेरै नेताले माला लगाएको देख्छु। पहिलेजस्तै सात छाप पो हान्नुपर्छ जस्तो देख्छु।'

ज्येष्ठ नागरिक मात्रै होइन, गृहिणीहरूलाई पनि चुनावमा कतिवटा मतपत्र हुन्छ भन्ने जानकारी छैन। उनीहरूले अहिलेसम्म मतपत्र र मतदान गर्ने प्रक्रियाबारे जानकारी दिन कोही नआएको सुनाए। तर, जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार दुई सय नौ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन भएका छन्। कार्यालयका प्रमुख उमेश राईले भक्तपुरमा १ हजार ६४ जना मतदाता बराबर एकजना मतदाता शिक्षा स्वयंसेवक खटिएको जानकारी दिए। ‘भक्तपुरमा कुल २ सय ९ वटा मतदान केन्द्र छन्', उनले भने, ‘सोहीअनुसार प्रत्येक मतदान केन्द्र एवं १ हजार ६४ जना मतदाता बराबर एकजना मतदाता शिक्षा स्वयंसेवक खटाएका छौं।'

उनका अनुसार मतदाता शिक्षा स्वयंसेवक प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रयोग हुने तीनथरी नमुना मतपत्रसहित मतदाताको घरघरमा खटिएका छन्। यसरी घरघर पुग्ने बेला स्वयंसेवकले मतपत्रबारे जानकारी दिनुका साथै मतदान गर्ने तरिकाबारे सिकाउने अधिकृत राई बताउँछन्। उनका अनुसार यसरी खटिने स्वयंसेवकलाई कात्तिक १९ र २० गते तालिम दिइएको थियो। निर्वाचन अधिकृत राईका अनुसार मतदाता शिक्षा स्वयंसेवक प्रत्येक मतदाताको घरमा अनिवार्य पुग्नै पर्छ।

मतदाताको घर पुगेको प्रमाणस्वरूप स्वयंसेवकले घरधनीको हस्ताक्षरसमेत संकलन गर्नुपर्छ। तर, कति ठाउँमा स्वयंसेवक नपुगेको सन्दर्भमा भने निर्वाचन अधिकृत राईले स्वयंसेवक बिहान र बेलुका मात्रै खटिने भएकाले पुग्दै हुनुपर्ने प्रतिक्रिया दिए। नयाँ नगरपालिकाको क्षेत्र ठूलो भएकाले पनि स्वयंसेवक पुग्न ढिलाइ भएको हुन सक्ने उनले प्रस्ट पारे। दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा कुल १ लाख ७८ हजार ९९ जना मतदाता छन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश ३ समाचार