• निर्वाचन समाचार
advertisement

निधिलाई पराजित गर्दै महतोले जिते

मनिका झा | आइतबार, २४ मङि्सर २०७४

प्रदेश २ धनुषा निर्वाचन क्षेत्र - ३


जनकपुरधाम : देशभरीनै चर्चाको विषय बनेको धनुषा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राजपा नेपालको अध्यक्ष मण्डलका राजेन्द्र महतोले जित हात पारेका छन्।

शनिबार अबेर राति निर्वाचन आयोगद्वारा घोषणा गरिएको मत परिणाम अनुसार नेपाली कांगे्रसका चर्चित नेता विमलेन्द्र निधिलाई २९१४ मतको अन्तरले महतोले पराजित गरेका हुन्। महतोले ३० हजार ७ सय ४२ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८ सय २८ मत प्राप्त गरेका हुन्।

महतो आफ्नो गृहजिल्ला सर्लाही छाडेर धनुषाबाट उम्मेदवार बनेदेखिनै निकै चर्चित भए। यता, गृहनगर धनुषानै भएका निधिलाई यसक्षेत्रबाट पराजित गर्नु निकै अप्ठ्यारो भएको आँकलन भइरहदा महतोको विजय हासिल गरेका हुन्। जितपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैं महतोले यो मधेसवादको जित रहेको बताए। उनले भने, मधेसी जनता मधेसको अधिकारका लागि संघर्ष गर्नेको पक्षमा रहेको कुरा मेरो जितले प्रमाणित गरेको छ'

यता, सोही निर्वाचन क्षेत्रबाट प्रदेश सर्भा ख' मा राजपा नेपालकै उम्मेदवार परमेश्वर साहले जित हात पारेका छन्। साहले कांग्रेसका निकटतम प्रतिद्वन्द्वी श्यामप्रसाद साहलाई पराजित गरेका हुन्।

कमेन्ट गर्नुहोस्

अन्य समाचार


nepal_election_news

दाङमा समानुपातिकमा कांग्रेस पहिलो

प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

nepal_election_news

स्याङ्जा २(ख)बाट का‌ंग्रेसका भागवतप्रकाश मल्ल विजयी

नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

nepal_election_news

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ६२ मतले अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ६२ मतले अग्रता लिएकी छन्।...

nepal_election_news

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २...

nepal_election_news

गच्छदार र चौधरीको प्रतिस्पर्धा रोचक बन्दै : १६५ मतले भगवती अगाडि

सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी १ सय ६५ मतले अग्रता...

प्रदेश २ समाचार