
इलाम : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतिद्वन्द्वीलाई फराकिलो मत अन्तरले पराजित गर्दै विजय हशिल गरेका छन्।
खनालले इलामको निर्वाचन क्षेत्र न १ बाट नेपाली काग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १६९ मतले पराजित गरेका हुन्। खनालले ३६ हजार ८०७ मत प्राप्ति गरेका छन् भने उनका प्रतिद्वन्द्वी कट्टेलले १९ हजार ६३७ मत प्राप्ति गरेका छन्। खनाल इलामबाट पाँचौ पटक विजय हासिल गरेका हुन्।
यसैगरी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले ९ हजार ६५४मतले नेपाली काग्रेसका केशब थापालाई पराजित गरेका छन्। नेम्वाङले ३६ हजार ५१४ मत प्राप्ति गरेका छन्। उनका प्रतिद्वन्द्वी केशब थापाले २६ हजार ८६० मत प्राप्त गरेका छन्। नेम्वाङ चौथोपटक विजयी भएका हुन्।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र न १ को प्रदेशसभा २ मा नेकपा एमालेका काजिमान कागते विजयी भएका छन्। कागतेले नेपाली काग्रेसका दुर्गा बराललाई ७ हजार ९६५ मतले पराजित गरेका छन्। कागतेले १७ हजार ९८६ मत प्राप्ति गरेका छन् भने बरालले १० हजार २१ मत प्राप्ति गरेका छन्।
इलामको प्रदेशसभा अन्तरगत निर्वाचन क्षेत्र न १ को १ र निर्वाचन क्षेत्र न २ को प्रदेश १ र २ को परिणाम भने आउन बाँकी छ।
कमेन्ट गर्नुहोस्
अन्य समाचार

दाङमा समानुपातिकमा कांग्रेस पहिलो
प्रत्यक्ष निर्वाचन प्रणालीको नतिजा सार्वजनिक भएलगतै जिल्लामा सुरु भएको समानुपातिको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षमा प्रतिनिधिसभामा कुनै सिट...

स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ...

नवलपरासीमा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन्। दुई जिल्लाबाट माओवादी...

कैलाली १ मा रेशम चौधरी २१ हजार मत अन्तरले विजयी
टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी...

पर्वत समानुपातिकमा एमाले पहिलो दल
पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा सम्पन्न भएको छ । मंगलवार बिहान सकिएको समानुपातिक तर्फको मतणनामा एमाले पहिलो दल...

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु
आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित...